back
NMB ad

तामाकोशी आयोजनाको निर्माणमा किन ढिलाई ?

Kumari bank ad

काठमाडौ । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने समेत अनुमान गरिएको छ ।

गत आव ०७३/७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखे पनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन । डलरको मूल्यमा उतारचडाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबड्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण रु ३५ अर्ब २९ करोडमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

विदेशी विनिमय दरमा भएको वृद्धि, बजार मूल्य, भूकम्पले क्षति पु¥याउँदाको दुई वर्ष ढिलाइलगायतका कारण आयोजनाको लागत करिब रु सात अर्ब ४३ करोड बढ्ने अनुमान गरिएको छ । रु ३५ अर्ब २९ करोड लागत अनुमान हुँदा डलरको भाउ करिब रु ८० को प्रक्षेपण गरिएको थियो तर अहिले डलरको भाउ ११० पुगेको छ । आयोजनामा अहिलेसम्म रु ३४ अर्ब ६४ करोड खर्च भइसकेको छ ।

आयोजनाले हालसम्म ९०.५ प्रतिशतमात्र निर्माण कार्य गरेको छ । वर्षा र सडक मर्मतले सामग्री ढुवानीले काममा सुस्तता आएको प्रवक्ता न्यौपानेले बताए ।

निर्माणाधीन लामोसाँघु जिरी सडक खण्ड अन्तर्गतको खाडिचौर चरिकोट खण्डमा सडक चौँडासहित स्तरोन्नतीको काम भइरहेकाले सामग्री ढुवानीमा समस्या भएको हो । प्रवक्ता न्यौपानेले उक्त सडकको विकल्पमा खुर्कोट र खिम्ती हुँदै आयोजनास्थलसम्म ढुवानीको व्यवस्था मिलाइएको बताए।

उनकाअनुसार आयोजनाका लागि आवश्यकपर्ने ठूला उपकरण र पेनस्टक पाइप सिन्धुपाल्चोकको सुनकोशी जलविद्युत् आयोजनामा भण्डारण गरिएको छ । आयोजनाले मुख्य संरचना अन्तर्गत टेलरेस सुरुङ खन्ने कार्य, विद्युत गृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य भने गरिसकेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने काम ९३ प्रतिशत, हेडवक्स कंक्रिट कार्य ८९.५ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

यस्तै, अडिटलगायत अन्य सुरुङ खन्ने कार्य ८५.३ प्रतिशत, विद्युत गृह र ट्रान्सफर्मर र कंक्रिटको काम ८४ प्रतिशत सम्पन्न गरिसकेको छ ।

आयोजनाले २०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य लिएपनि उक्त समयभित्र निर्माणकार्य सम्पन्न हुननसक्ने जनाएकोे छ । गृहमन्त्री जर्नादन शर्माले आयोजनास्थलमा पटक रपटक पुगरे सरकारले गर्ने सहयोगमा कुनै कन्जुस्याई नगर्ने तर आयोजनाको काम द्रुत गतिमा समपन्न गर्न निर्देशन दिए पनि प्राकृतिक विपत्तिका कारणले पनि डिलाइ भएको आयोजनाका कर्मचारीले बताए । रासस

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ भदौ ५ सोमवार १२:१८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...