back
NMB ad

मेसी र बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडीको अवार्ड रोनाल्डोको हातमा

Kumari bank ad

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लियोनल रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । रोनाल्डोको उत्कृष्ट प्रदर्शनको सहायताले नै रियल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिग जित्न सफल भयो ।

टुर्नामेन्टमा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता भएका थिए । उनले लालिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए । यो अर्वाडसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधि जितेका छन् । उनका प्रतिद्वन्दी लियानल मेसीले भने दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन् । बुधबार इटालियन क्लब फियोरेन्तिानासँगको खेलमा रोनाल्डोले फियोरेन्तिनाका डिफेन्डरलाई चलाखीपूर्ण रुपले छक्काउँदै उत्कृष्ट गोल गरेका थिए ।

बुफोनले वर्ष खेलाडीको अवार्ड नजिते पनि खाली हात भने जानु परेन । युभेन्टसका गोलरक्षक बुफोनले वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड हात पारे । त्यस्तै रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे भने रियलकै अर्का खेलाडी लुका मोद्रिकले उत्कृष्ट मिडफिल्डरको उपाधि हात पारे । रोनाल्डोले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधि पनि हात पारेका छन् ।
त्यस्तै महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् ।

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार १३:०२ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...