back
NMB ad

क्षणभरमै ८० अर्ब कमाउनेको कथा,पढ्नुहोस् !

Kumari bank ad

के तपाई पत्याउनु हुन्छ , एक सेकेन्डमै ८० अर्ब कमाइन्छ भन्ने कुरा ? तर हेनुस् यी अमेरिकी महिलाले यो कुरा सबित गरेकी छिन् । अहिलेसम्मको सबैभन्दा ठूलो धनराशीको पुरस्कार जितेकी छन् । उनले नेपाली रुपैयाँ ८० अर्ब चिठ्ठा जितेर संसार भरिमै रेकड राख्न सफल भएकी छिन् ।

बुधबार संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा भएको यो घोषणाले एकपटक विश्वलाई चकित बनाएको छ । घोषणासँगै विश्वभर उनको कथा उतार्न सञ्चार माध्यमले जोडतोड गर्दै छन् ।

उत्तर अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यक्तिगत रुपमा विश्वकै सबैभन्दा धेरै धनराशीको चिठ्ठा हात पार्ने भाग्यमानी तीनै मेभिस केहि दिनयता निकै चर्चित छिन् ।

५० वर्षीया माविस वांकजिक दुई सन्तानकी आमा हुन् । उनले म्यासाचुसेट्सको शिकोपीमा एउटा पेट्रोल पम्पमा उक्त टिकट किनेकी थिइन् । चिठ्ठा जितेकी माविसले संचार माध्यमलाई आफूले जागिर छाडेको बताइन् । उनको लक्क नम्बर ६,७,१६,२३,२६ र ४ थियो ।

यसअघि जनवरी २०१६ मा अमेरिकाको पावरबेल ज्याकपटमा १.६ बिलियन डलरको चिठ्ठा निस्केको थियो। यो रकम ३ टिकट होल्डर्समा वितरण भएको थियो।

म्यासाचुसेट्स स्टेट लटरीले बुधबार राति टिकटको ड्र सार्वजनिक गरेको हो । चिठ्ठा जितेपछि माविसले भनिन्–पहिलो काम म जे गर्न चाहन्छु त्यो हो घर बनाउनु र आराम गर्नु । मेरो यो सपना थियो जुन अहिले पूरा भयो ।’

उनले आफूले आफन्तको जन्मदिनको आधारमा टिकटको नम्बर चुनेको बताउँछिन् । उनी भनिन्–मैले ३२ वर्षसम्म मेडिकल सेन्टरमा काम गरेँ । अब म काममा आउने छैन । अब म ओछ्यानमै बस्नेछु।

उनले आफ्नो आगामी योजना बताउँदै भनिन्, मैले गत वर्ष मात्र कार किनेकी थिएँ अब म त्यसको सबै रकम चुक्ता गर्नेछु ।

यो ज्याकपट एकल टिकटमा अहिलेसम्मकै सबैभन्दा धेरै राशीको हो । यसअघि सन् २०१६ को जनवरीमा तीन जनाले करिब एक अर्ब ६० करोड डलर रुपियाँको ज्याक्पट जितेका थिए । मेभिसले ५ ओटा टिकट खरिद गरेकी थिइन् । जसमध्य दुई ओटा कम्प्युटरले सीर्जना गरेका थिए भने दुई ओटा नम्बर उनी आफैले रोजेकी थिइन् । जुन् टिकटबाट उनले जित हासिल गरिन् त्यसमा उनको परिवारको जन्ममिती सहितको अङ्क रहेको उनले बताइन् । एजेन्सीको सहयोगबाट
प्रकाशित मितिः २०७४ भाद्र १२

वि.सं.२०७४ भदौ १२ सोमवार ११:३३ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...