back
NMB ad

एकाउन्टिङ सम्बन्धि अत्याधुनिक क्लाउडवेस सफ्टवेयर ‘इलेखा’ बजारमा

Kumari bank ad

काठमाडौ । लेखासम्बन्धि सम्पूर्ण विवरण राख्नका लागि अत्याधुनिक ‘इलेखा’ सफ्टवेयर बजारमा आएको छ । इलेखा अहिले बजारमा रहेका सफ्टवेयरभन्दा अत्याधुनिक र सुरक्षित रहेको निर्माण कम्पनी दियालो टेक्नोलोजिज प्रालिले जनाएको छ ।

क्लाउड (इन्टरनेट) मा आधारित इलेखा सफट्वेयर अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिएको कम्पनीको दाबी छ । बजारमा अहिले रहेका धेरै सफ्टवेयरहरु कम्प्युटरमा इन्स्टल गरेर चलाउने किसिमका छन् । कम्प्युटरको हार्डडिक्स क्र्यास हुने, भाइरस लाग्नेजस्ता सामान्य समस्याले लेखाको विवरण नै नष्ट हुने खतराबाट मुक्त हुन इलेखा उपयोगी हुने दियालो टेक्नोलोजिजका प्रबन्ध निर्देशक पिआर खनालले बताए । उनले भने ‘विकसित देशमा डेक्स्टप बेसका एकाउन्टिङ सफ्टवेयर विस्थापित भइ क्लाउड बेसका सफ्टवेयर प्रयोग बढेको छ, यहि कुरालाई मध्यनजर गर्दै हामीले क्लाउड बेसमा आधारित सफटवेयर निर्माण गरेका हौँ ।’

इन्टरनेटमा आधारित सफ्टवेयर भएको हुनाले लेखामा रहने व्यक्तिले मात्र नभएर कम्पनी सञ्चालकले विश्वका जुनसुकै कुनाबाट पनि आफ्नो कार्यालय÷संस्थाको आर्थिक हिसाबकिताब हेर्न सक्नेछन् । क्लाउड बेसमा निर्माण भएको यो पहिलो सफ्टवेयर भएको कम्पनीको दाबी छ । यो सफ्टवेयर जुनसुकै ब्राउजरबाट पनि चलाउन सकिने र मोबाईलबाट समेत सम्पूर्ण विवरण हेर्न सकिने खनालले बताए । यो सफ्टवेयर उत्पादन, प्रोशोधन, व्यापार, सेवामुलक तथा हरेक किसिमका व्यववसायका लागि उपयोगी हुने गरेर विभिन्न प्याकेजमा निर्माण गरिएको छ । साना व्यवयासीदेखि ठुला औद्योगिक घरानासम्मका व्यवसायीलाई यो सफ्टवेयर उपयोगी हुने खनालको भनाई छ ।

यो सफ्वेयरले ग्राहकले समयभित्र बिल भुक्तानी नगरे अटोमेटिक ग्राहकको मोबाईलमा नोटिफिकेशन अलर्ट जानेछ । जसले गर्दा बक्यौता उठाउनका लागि पनि अत्यन्तै उपयोगी हुने कम्पनीको भनाई छ । अहिले नेपालमा सञ्चालित सफ्टवेयरहरु बुक किपिङका लागि मात्र प्रयोग भइरहेकोमा यो सफ्टवेयर त्योभन्दा माथिल्लो तहमा एमआइएस र बिआइ जस्ता अत्याधुनिक विशेषता रहेका छन् । जसमा लेखा, स्टक म्यानेजमेन्ट, बैंक हिसाब मिलान, तलब भुक्तानी विवरण लगायतका सबै किसिमका विशेषता सफ्टवेयरमा समावेश छन् ।

दियालो टेक्नोलोजिज प्रालिले हालसम्म खानेपानी संस्थाहरुका लागि नेपालमै पहिलोपटक ‘वाटरमार्क’, नेपालमै पहिलोपटक अनलाइनबाट बस टिकट काट्न सकिने बससेवाडटकम, मोबाईल एप्सबाटै खानेपानीको मिटर रिडिङ गर्न सकिने सिस्टमजस्ता सफ्टवेयर बनाउनुका साथै विदेशका आउटसोर्सिङका काम समेत गर्दै आएको छ ।

प्रकाशित मितिः२०७४ भदौ १५

वि.सं.२०७४ भदौ १५ बिहीवार १५:४० मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...