back
NMB ad

घुम्न आएका विदेशी पर्यटकबाट साढे ५८ अर्ब आम्दानी !

Kumari bank ad

काठमाडौ। सन् २०१६/१७ मा घुम्न आएका विदेशी पर्यटकबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ नेपाल भित्रिएको छ । जुन २०१५/१६ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले गरेको खर्च भन्दा ४० प्रतिशत बढी हो । २०१५/१६ मा ४१ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ खर्च गरेका थिए ।

नेपाल राष्ट्र बैंकको हालै सार्बजनिक तथ्यांकले यस्तो देखाएको हो । त्यस्तै २०१४/१५मा २०१५/१६ को तुलनामा २१ दशमलब ८ प्रतिशतले बढी अर्थात ५३ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खर्च गरको तथ्यांक छ । पछिल्ला केही बर्षमा नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा गर्ने खर्चको आकार ठूलो छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च बार्षिक रुपमा बढेको छ । २०१६/१७ मा नेपाली पर्यटकले विदेशमा गर्ने खर्च ४१ दशमलब ७ प्रतिशतले बढेको छ । सो अबधिमा आउटबाउन्ड टुरिजममा ७९ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । २०१५/१६ मा ५६ अर्ब ४१ करोड रुपैयाँ सो प्रायोजनका लागि बाहिरिएको थियो । त्यस्तै २०१४/१५ मा ५३ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । जसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश गरिएको छैन ।

प्रकाशित मितिः२०७४ भदौ १६

वि.सं.२०७४ भदौ १६ शुक्रवार ०७:२३ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...