काठमाडौ। साझा यातायातले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । अब साझा बस कुरेर बस्ने यात्रुले आफ्नो रुटको साझा बस कहाँ आइपुग्यो भनेर एपबाटै थाहा पाउन सक्नेछन् ।
‘मेरो साझा’ नामको एन्ड्रोइड एपबाट अब साझाका कुन बस कहाँ आइपुगेका छन् भन्ने थाहा पाउन सकिने साझा यातायातले जनाएको छ । यसले बस कुर्दा लामो समय लाग्ने भए विकल्प खोजिहाल्न पनि सहज हुने बताईएको छ ।
एपस्टोरमा ‘मेरो साझा’ नाममा सर्च गरेर एप डाउनलोड गर्न सकिन्छ । इन्टरनेट अन गरेर काठमाडौंमा चलेका ४४ वटै साझा बस सो समयमा कहाँ छन् भनेर एपले नै देखाउने छ । साझाले अहिले काठमाडौंमा उपत्यकासहित काभ्रेको साँगासम्म साझा बस सञ्चालन भइरहेको छ ।
प्रकाशित मितिः२०७४ भदौ १९
वि.सं.२०७४ भदौ १९ सोमवार १३:३२ मा प्रकाशित