back
NMB ad

तयार बस्नुहोस्,१३ जलविद्युत कम्पनीको ३ अर्बको साधारण सेयर आउँदै !

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका १३ जलविद्युत कम्पनी चालु वर्षभित्रै सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा छन् । ती कम्पनीले ३ अर्ब ३६ करोड ६८ लाख ३ हजार ५ सय रुपैयाँबराबरको ३ करोड ३६ लाख ६८ हजार ३५ कित्ता सेयर जारी गर्दैछन् । गत बैशाखदेखि आवेदन दिएका कम्पनीको कागजात अध्ययन भइरहेको सेबोनका प्रवक्ता निरज गिरीले बताए ।

‘सबै कम्पनीले आवेदन दिएका छन्, हामीले चित्त नबुझेका विषय पुनः सोधेर पठाएका छौं,’ उनले भने, ‘उनीहरूले आवश्यक कागजात पठाएको १५ दिनभित्र स्वीकृति दिइन्छ ।’

hyगत बैशाखमा आवदेन दिएका रसुवागढी जलविद्युत कम्पनी लिमिटेड, पञ्चकन्या माई हाइड्रो पावर र राधी विद्युत कम्पनीलाई कागजातको ‘कमेन्ट’ पठाइएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनी, गज्र्याङ उपत्यका हाइड्रो पावर कम्पनीसँग थप विवरण मागिएको छ ।

पाइपलाइनमा रहेका अन्य कम्पनीलाई आवश्यक कागजात तथा अपुग विवरण पठाउन सेबोनले आग्रह गरेको छ । कागजात पुर्याएका कुनै पनि कम्पनीको स्वीकृति नरोकिने गिरीले दोहोर्याए ।

सेबोनबाट स्वीकृति पाएपछि सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो खुल्छ । त्यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सम्बन्धित कम्पनीको सेयर सूचीकृत हुन्छ । त्यसपछि सर्वसाधारणका लागि निष्काशन गर्ने बाटो खुल्छ ।

आवेदन दिएकामध्ये सबैभन्दा बढी रसुवागढीको १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर आउँदैछ । यो र सान्जेन जलविद्युत कम्पनीले लगानीकर्ता संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र लगानीकर्ता संस्थाका लागि सेयर जारी गर्दैछन् ।

सिइडिबी हाइड्रो फन्ड र राधीले सर्वसाधारणका लागि र बाँकी कम्पनीले आयोजना प्रभावित तथा स्थानीयका लागि सेयर जारी गर्दैछन् । सेबोनमा आवेदन दिएका कम्पनीबाहेक नेप्सेमा १६ कम्पनी सूचीकृत भइसकेका छन् । उर्जाखबरबाट

प्रकाशित मितिः२०७४ भदौ २१

वि.सं.२०७४ भदौ २१ बुधवार १३:५७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...