back
NMB ad

कुन बैंकको हकप्रद भर्ने मुडमा हुनुहुन्छ ? बुक क्लोजको यो मिति जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । ओम डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद जारी गर्न भदौ ३० मा बुक क्लोज गर्ने भएको छ । त्यसैले भदौ २९ गतेसम्म कायम सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकले ३० प्रतिशत हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । अब ओमले १०ः३ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । ओमको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

राष्ट्रियस्तरको विकास बैंकलाई राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि ओमले हकप्रदको बाटो रोजेको हो । पुँजी बृद्धिकै लागि ओम र मनास्लु विकास बैंक एक आपसमा गाभिएर असार २ गतेदेखि एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । मनास्लु गाभिएपछि ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार ७९५ रुपैयाँ पुगेको छ । बैंकले यही चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।

प्रकाशित मितिः २०७४ भदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १३:०० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...