back
NMB ad

तपाईले भर्नुभयो ? हाईड्रोपावरको १ अर्बभन्दा बढिको सेयर भर्ने म्याद अब ७ दिनमात्र बाँकी !

Kumari bank ad

काठमाडौ । सानिमा माई हाइड्रोपावरको १०० प्रतिशत हकप्रद भर्ने म्याद आजको दिनसमेत गरी अब एक सातामात्र बाँकी रहेको छ । यसआधारमा भदौ २९ गते (बिहीबार) सम्म सानिमाको यो हकप्रदमा आवेदन दिन सक्नेछ ।

हाइड्रोले साउन २७ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन खुला गरेको हो । यो हकप्रदमा साउन ९ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट दरखास्त फारम भर्न र बुझाउन सक्नेछन् ।

यसैगरी, सानिमा बैंकको उपत्यकाभित्रका चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड र सूर्य्विनायक शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगन्ज, विर्तामोड, दमक, धरान, लहान, नारायणगढ, नेपालगन्ज र पोखरा शाखाबाट पनि फारम भर्न र बुझाउन सकिनेछ । लगानीकर्ताले हकप्रद सेयरको दरखास्त फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल र सानिमा माई हाइड्रपावरको वेबसाइटबाट डाउनलोड गरेर पनि भर्न सक्नेछन् । हाल सानिमा माईको चुक्ता पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । १०० प्रतिशत हकप्रद बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ २३

वि.सं.२०७४ भदौ २३ शुक्रवार ११:५१ मा प्रकाशित

You can share this post!

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...