back
NMB ad

साताको पहिलो दिन नेप्से ३४ अंकले घटेर टाउको समाउने अवस्थामा पुर्यायो

Kumari bank ad

काठमाडौ । साताको पहिलो दिन आईतबार नै सेयर बजार ३४.८९ अंकले घटेर १५१९.६६ अंकमा झरेको छ । कारोबार भएका सबै समूह राताम्मे भए । सबैभन्दा धेरै बीमा समूह २९६.७१ अंकले घटेको छ ।

1

परिसूचक घटेपनि कारोबार रकम बढेको छ । दिनभरिमा १५८ वटा कम्पनीको १५ लाख ५७ हजार तीन सय ८३ कित्ता सेयर नौ हजार एक सय १२ पटक खरिदविक्री हुँदा ९२ करोड ४२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये, निर्धन उत्थान बैंकको १० करोड र नेपाल बैंकको पाँच करोडमाथिको कारोबार भएको छ भने नविल बैंकको झन्डै पाँच करोडको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक, छिमेक लघुवित्त, नविल बैंक प्रोमोटर, युनाइटेड इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने जनता बैंकको झन्डै दुई करोडको कारोबार भएको छ ।

जम्मा १२ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै समता माइक्रोफाइनान्सका सेयरधनीले ४.९२ प्रतिशतका दरले कमाएका छन् । निर्धन उत्थान बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, भार्गव विकास बैंक, अरुण भ्याली हाइड्रो, रिलायबल माइक्रोफाइनान्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआईबिएल प्रगति फण्ड, जलविद्युत् लगानी तथा विकास कोष, लक्ष्मी इक्विटी फण्ड, नविल इक्विटी फण्ड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सेयरधनीले कमाएका छन् ।

छिमेक लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने जनरल फाइनान्स, हाम्रो विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र अरुण फाइनान्सका सेयरधनीले क्रमशः ८.०८८, ७.७७, ६.८३, ६.४४ र ६.३५ प्रतिशतले गुमाएका छन् । सिभिल लघुवित्त, जेविल्स फाइनान्स, आरएसडीसी लघुवित्त, सिनर्जी पावर लगायतका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

प्रकाशित मितिः २०७४ भदौ २५

वि.सं.२०७४ भदौ २५ आइतवार १७:५८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...