back
NMB ad

टाटा योद्धा सार्वजनिक

Kumari bank ad

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको कमर्सियल भेहिकल ब्राण्ड टाटा मोटर्स् र यसको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सहकार्यमा काठमाडौंमा सम्पन्न एक कार्यक्रमबीच टाटा योद्धालाई भव्यताका साथ सार्वजनिक गरिएको छ । टाटा मोटर्स्द्वारा उत्पादित टाटा योद्धाले प्रतिस्प्रधात्मक युगमा आफ्नो अतुलनीय विशेषताहरुको प्रतिनिधित्व गर्दछ । यो विभिन्न भेरियन्टहरुमा उपलब्ध छ जसमा भएको ८५ एचपिको शक्तिशाली ३.0 लि इन्जिन, २५० एनएमटर्कले यसलाई आफ्नो वर्गको उत्कृष्ट गाडी साबित गर्न मद्दत गर्छ ।

उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले गर्दा यसलाई जुनसुकै व्यवसायमा जस्तै फलफूल र तरकारी, पोलिट्री, माछा, दूध आदि ढुवानीमा, क्यास भ्यान र कन्सट्रकसन साइटहरुमा सर्भिस सपोर्ट भेहिकलको रुपमा ढुक्कले प्रयोग गर्न सकिन्छ । उद्घाटन कार्यक्रममा बोल्दै टाटा मोर्टस् लिका कमर्सियल भेहिकल इन्टरनेशनल बिजनेश यूनिटका भाइस पे्रसिडेन्ट रुद्ररुप मैत्रले टाटा मोटर्स् नेपालको नम्बर एक ब्राण्डको रुपमा चिनिएको र टाटा योद्धाले नेपाली ग्राहकहरुको आवश्यकतालाई पूरा गरेर उहाँहरुको मन जित्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताए ।

साथै उनले टाटा योद्धा ग्राहकहरुको दैनिक प्रयोगका लागि उत्कृष्ट माध्यम साबित हुने र यसले ग्राहकहरुले रोजेको जुनसुकै व्यवसायको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वस्तता जनाए ।उनले टाटा योद्धाले ननस्टप पर्फमेन्स, अत्याधुनिक आरामदायीता, सुरक्षित, स्टाइलिस लुक र एस्योर्ड सर्भिस ग्यारेण्टी प्रदान कुरा जानकारी गराए ।

साथै उनले अबको ६ महिनामा योद्धा प्ल्याटर्फम अन्तर्गत नयाँ भेरियन्ट थप्ने कुरामा समेत जोड दिए । सोही कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका अध्यक्ष सिद्धार्थ एसजेबि रानाले आफूहरुले टाटा मोटर्स्सँग सन् १९८२ देखि सहकार्य गर्दै आइरहेको र हालसम्म टाटा मोटर्स्ले नेपालमा आफ्नो बजार पूर्ण रुपले विस्तार गर्न सफल भएको बताए।

उनले सिप्रदीले नेपालमा टाटा मोटर्स्का उत्पादनहरुको विक्री वितरण तथा विक्री पश्चात्का सेवाहरुमा सधैं उत्कृष्ट साथ दिइरहेको र आगामी दिनहरुमा समेत निरन्तर दिइरहने बताए ।

प्रकाशित मितिः २०७४ भदौ ३०

वि.सं.२०७४ भदौ ३० शुक्रवार १५:१९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...