back
NMB ad

कांग्रेस एमालेबीच झडप !

Kumari bank ad

धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । दूवै दलले एकअर्काले आक्रमण गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसले नगरका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा सांघातिक आक्रमण भएको जनाएको छ । नगरपालिकाको अकौरास्थित यादवको घरमा गए राति करिब १२ बजे आक्रमण भएको हो । मेयर पदका उम्मेदवार यादवले आफूहरु सुतिरहेको अवस्थामा १०० बढीको समूहमा आएका एमाले कार्यकर्ताहरुले घरमा आक्रमण गरेको आरोप लगाएका छन् ।

सशस्त्र प्रहरीले गस्ती गरिरहेकै अवस्थामा एमाले कार्यकर्ताहरुले आफ्नो घरमा आक्रमण गरेको यादवले बताए । मदिरा सेवन गरेर पुगेका उनीहरुले घरको मूलढोका तोडफोड समेत गरेर ढुंगामुढा गरेको यादवको भनाइ छ ।

एमाले कार्यकर्ताहरुले काँग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेको आरोप कांग्रेसको छ । एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायत घाइते भएका छन् ।

घटनाका सम्बन्धमा एमालेले भने नेपाली कांग्रेसका तर्फबाट राज्य आतंक मच्चाएको आरोप छ । कांग्रेस नेता विमलेन्द्र निधीको निर्देशनमा कांग्रेस कार्यकर्ताले प्रहरीकै संरक्षणमा एमालेका कार्यकर्तालाई घर घरमा पसेर आक्रमण गरेको एमालेको आरोप छ । एमालेका जिल्ला नेता शीतल साहले एमालेलाई मतदानको दिनसम्म घर बाहिर निस्कन नदिने भन्दै टोलटोलमा आतंक मच्चाइएको बताए ।

कांग्रेस नेता निधीको प्रत्यक्ष संलग्नतामा एमाले कार्यकर्तालाई घर घरमा पुगेर धम्क्याइएको आरोप एमाले केन्द्रीय सदस्य रघुवीर महासेठले लगाए । महासेठले आइतवार विज्ञप्ति जारी गरी धनुषामा राज्य आंतक सिर्जना गरिएको र असुरक्षाका कारण अनगराई नगरपालिकाका ७० भन्दा बढी एमाले कार्यकर्ता विस्थापित भएको जनाएका छन् ।

केही व्यक्तिलाई गए रातिदेखि बेपत्ता पारिएको एमालेको आरोप छ । जिल्ला प्रहरी कार्यालयले भने घटनाको अनुसन्धान भइरहेको र दोषीलाई पक्राउ गरी कारवाही गरिने जनाएको छ ।

प्रकाशित मितिः २०७४ असोज १

वि.सं.२०७४ असोज १ आइतवार १५:०२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...