back
NMB ad

उत्तर कोरिया भन्छःआफुमाथिको प्रतिबन्धले परमाणु कार्यक्रम रोकिन्न,झन् बढ्छ

Kumari bank ad

उत्तर कोरियाले आफूमाथि लगाइने प्रतिबन्ध तथा दिइने दबाबले परमाणु कार्यक्रम रोकिने भन्दा पनि बढ्ने चेतावनी दिएको छ । उत्तर कोरियाले पछिल्लो पटक गरेको परमाणु परीक्षण तथा मिसाइल आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले उसमाथिको प्रतिबन्ध थप कडा बनाएको छ । तर उत्तर कोरियाले भने प्रतिबन्ध तथा दबाबले आफ्नो परमाणु कार्यक्रम नरोकिने बरु यसले परमाणु कार्यक्रम थप हुने चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघले आफूमाथि लगाएको नयाँ प्रतिबन्धको कडा निन्दा गरेको उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको कार्य अमानवीय, अनैतिक र क्रुरर रहेको बताएको छ । यसले तनाव र शत्रुता बढाउने उत्तर कोरियाले चेतावनी दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा आफ्नो देशमाथि लगाइने प्रतिबन्धले परमाणु कार्यक्रम रोकिनुको साटो बढ्दै जाने र यसले आफ्नो देशको परमाणु लक्ष्य पूरा गर्न सहयोग गर्ने उल्लेख गरिएको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

उत्तर कोरियाले पछिल्लो पटक गएको शुक्रबार जापानको माथिबाट मिसाइल प्रहार गरेको थियो । त्यो मिसाइल ३७ सय किलोमिटरको दूरी पार गरेको थियो ।

प्रकाशित मितिः २०७४ असो ३

वि.सं.२०७४ असोज ३ मंगलवार १३:०८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...