back
NMB ad

‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना संचालनमा

Kumari bank ad

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र विश्वसनिय मोबाइल बजारको रुपमा परिचित पाको मोबाइल बजारले पाको यूथ क्लबको सहकार्यमा दशैं, तिहार र छठको अवसर पारेर प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । काठमाडौंको मुटुमा रहेको पाको मोबाइल बजारले ‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजनाअन्तर्गत दशैं, तिहार र छठको अवधिभर मोबाइल खरिद गर्ने ग्राहकहरुलाई बम्पर पुरस्कारमा चारवटा मोटर बाईक दिने छ ।

बजारले मोबाइल खरिद गर्ने ग्राहकहरुलाई लक्की ड्रको माध्यमबाट अपाचे आरटिआर १६० बाईक एउटा, टिभिएस स्ट्राइकर बाईक दुईवटा र वेगो स्कूटर एउटा बम्पर पुरस्कारमा दिने छ । त्यसैगरि मोबाइल खरिद गर्ने ग्राहकहरुलाई ३ वटा माउन्टेन बाईक र एक÷एक वटा टिभी तथा रेफ्रिजेरेटर पुरस्कारमा दिनेछ ।

यतिमात्र नभई ग्राहकहरुलाई विभिन्न ब्राण्डका १० वटा उत्कृष्ट स्मार्टफोनहरु पनि लक्की ड्रको माध्यमबाट पुरस्कार स्वरुप प्रदान गरिनेछ । असोज ४ गते बुधवारदेखि शुरु हुने यो योजना छठसम्म संचालन हुनेछ । यस अवधिभर हरेक मोबाइलको खरिदमा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको नगद छुट समेत पाउनेछन् ।

त्यसैगरि प्रत्येक दिन ग्राहकहरुले अनपेक्षित उपहारहरुमा दैनिकरुपमा २० जनालाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । बजारले ल्याएको योजनाका साथमा विभिन्न मोबाइल कम्पनीहरुले दिने अफरहरु पनि एकैसाथ प्राप्त गर्न सकिनेछ । नेपालकै सबैभन्दा पुरानो र विश्वसनिय एकमात्र मोबाइल बजारको रुपमा परिचित पाको मोबाइल बजारमा भ्याट बिलसहित मोबाइल खरिद गर्न पाईनेछ भने गुणस्तरीय र विश्वस्तरिय मोबाइल तथा एसेसरिज मात्र उपलब्ध छ । पाको मोबाइल बजारमा न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल फोनहरु खरिद गर्न सकिन्छ ।

‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना सफलरुपमा संचालन गर्नका लागि शिवराज खड्का, श्रीराज महर्जन र महेन्द्र शाहिको संयोजकत्वमा कमिटी गठन गरिएको छ । जसले यस योजना अवधिभर ग्राहकहरुलाई उत्कृष्ट सेवा दिनेछ । योजना सार्वजनिक गर्दै पाको मोबाइल बजारका तीनै जना संयोजकहरुले अन्य कम्प्लेक्सहरुमा भन्दा सूपथ मूल्यमा ग्राहकहरुले पाको मोबाइल बजारमा गुणस्तरीय मोबाइल किन्न सक्ने बताए ।

‘पाको मोबाइल बजार नेपालकै सबैभन्दा पुरानो मोबाइल बजार हो । यहाँ सम्पूर्ण ब्राण्डका गुणस्तरीय सामाग्रीहरु मात्र उपलब्ध छन् । यस्तो उपहार योजना अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र ठूलो हो, यो योजनाले ग्राहकहरुलाई ४ वटा बाईक साथमा धेरै किसिमका पुरस्कार जित्ने अवसर ल्याएको छ,’ पाको मोबाइल बजारका संयोजकहरुले भने ।

त्यसैगरि पाको यूथ क्लबका अध्यक्ष प्रविणमान श्रेष्ठले सबैभन्दा पुरानो मोबाइल बजारले आफ्नो ख्याती बढाउँदै लगेको र अहिले उत्सवको अवसर पारेर पुरस्कार योजना ल्याउनु खुशीको विषय भएको बताए । हामी यो योजनालाई सफल पार्न लागेका छौं, पाको मोबाइल बजारमा मोबाइल किन्न आउने ग्राहकहरुका लागि सहज वातावरणमा सिर्जना गर्नेछौं, पाको यूथ क्लबका अध्यक्ष प्रविणमान श्रेष्ठले भने ।

पाको मोबाइल बजारले संचालन गर्ने यो योजना दशैं, तिहार तथा छठको शुभ उपलक्ष्यमा सबैभन्दा धेरै अनि ठुलो र पक्कै पर्ने विभिन्न आकर्षक उपहारहरु पाको मोबाइल बजारमा मात्र सिमित रहनेछ ।

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ असोज ४ बुधवार ११:१९ मा प्रकाशित

You can share this post!

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...