back
NMB ad

तपाईसँग भएको सेयरले कति प्रतिशत बोनस र नगद लाभाँश पाउनेभो ? ८ कम्पनीको पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

सानिमा बैंकले असोज २९ गते वार्षिक साधारण गर्ने भएको छ । बैंकले साधारण सभामा १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बैंकले कर तिर्न नगद लाभांश नदिएकाले सेयरधनीलाई भने बोनसमा लाग्ने कर आफैले तिर्नुपर्नेछ ।

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । आरएसडीसीले आर्थिक वर्ष २०७३–७४ को सञ्चित मुनाफाबाट २०७४ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर दिन लागेको हो । कम्पनीको असोज ७ मा बसेको सञ्चालक समिति बैठकलले यस्तो निर्णय गरेको हो ।

आरएसडीसीले १ः२ अनुपातमा (१ बराबर थप २ कित्ता)१०० रुपैयाँ अंकित मूल्यको २३ लाख २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयर कात्तिक ५ गतेसम्म भर्न पाइनेछ । भदौ १५ गतेसम्म कायम रहेका सेयरधनीलेमात्र यसमा आवेदन दिन सक्नेछन् ।

कैलाश विकास बैंकले १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले हाल कायम २ अर्ब २९ करोड १४ लाख ८७ हजार २०० रुपैयाँ चुक्ता पुँजीबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो ।

सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम २१ करोड १० लाख रुपैयाँबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न १२ लाख २१ हजार ५७८.९५ रुपैयाँ नगद लाभांश दिन लागेको हो । बैंकको सञ्चालक समितिले गरेको यो निर्णय आगामी वार्षिक साधारण सभामा पेस हुनेछ ।

प्रुडेन्सियल इन्सुरेन्सले २० प्रतिशत बोनस र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४२ करोड ७६ लाख ७८ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५५ नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई अब हुने १६ औं वार्षिक साधारण सभामा पेस गरिनेछ ।

सिद्धार्थ इन्स्योरेन्सको संचालक समितिको १२२औँ संचालक समितिको बैठकले पनि २० प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । ५३ करोड ४५ लाख १७ हजार पाँच सय रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले १० करोड ६९ लाख तीन हजार पाँच सय रुपैयाँ बराबरको बोनस सेयर र ५६ लाख २६ हजार पाँच सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको संचालक समितिद्धारा प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मितिः २०७४ असोज ९

वि.सं.२०७४ असोज ९ सोमवार १०:२२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...