back
NMB ad

कतै सेयरमा तपाईको रकम डुब्ने खतरा त छैन ? पुलिंग अपराधबाट बच्नुहोस् !

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ ।

हो,त्यसैले तपाई आफैं पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने सेयरको कारोबारले पनि तपाईलाई सिध्याउन सक्छ । यो एकदमै सचेत हुनुपर्ने पाटो हो ।

सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा पुलिंग (POOLING)अपराध पनि एक हो ।

के हो त पुलिंग अपराध भनेको ?

औपचारिक वा अनौपचारिक हिसाबबाट सेयरको मूल्य परिवर्तन गराएर आफुलाई बढि फाईदा लिने प्रक्रियालाई पुलिंग भनिन्छ । यस्तो कारोबारमा लगानीकर्ताहरुले समूह बनाई आफैं बीचमा नै सेयरको किनबेच गर्ने गर्दछन् । उनीहरुले संगठीतरुपमा नै आफू–आफैंबीच सेयर किनबेच गर्दछन् ।

यस्तो गर्नुको प्रमुख उदेश्य भनेको बजारमा कुनै कम्पनीको सेयर धेरै कारोबार भएको देखाउनु हो । अर्काे सेयरको मूल्य बढाउने र थप लगानीकर्तालाई बजारमा आकर्षित गरी बढि मूल्यमा सेयर बिक्री गरेर नाफा कमाउनु नै हो ।

यस्ता समूहमा संगठीतहरुले अनधिकृतरुपमा नाफा आर्जन गर्न खोज्छन् । यी र यस्ता लगानीकर्ताहरु यस्तै–यस्तै विभिन्न क्रियाकलापमा सक्रिय हुन्छन् । उनीहरुको चिया गफ पनि यस्तैमा बित्ने गर्दछ । डिनर पार्टी पनि यस्तैमा बित्ने गर्दछ ।

यस्ता कारोबारी कसैले पुँजी जुटाउँछन् । कसैले कम्पनीको आन्तरिक सूचना संकलन गर्दछन् त कसैले यी र यस्ता सम्पूर्ण कुराको व्यवस्थापन गर्दै जान्छन् ।

सोच्दै नसोचेको हिसाबले सेयर मूल्यलाई एक्कासी बढाउँदै गएपछि बजारमा भएका अन्य लगानीकर्ताहरु पनि अझै मूल्य बढ्ने आसमा झन्–झन् लगानी गर्न उत्साहित हुन्छन् । कारण सेयरको माग ह्वात्तै बढ्नजान्छ ।

हो, यहि समयमा पुलिंगका सदस्यहरुले कम मूल्यमा किनेको वा संगठीत समूह सक्रिय बनाएर बढाएको सेयर बिक्री गरिदिन्छन् । उनीहरुको यस्तो सल्लाह हुन्छ कि समूहगतरुपमा रहेका सबै सदस्य बजारबाट बाहिरिन्छन् । अब कुनै आधारबिना संगठीत समूहले बढाएको सेयरको मूल्य क्रमैसँग घट्दै जान्छ । मूल्य उच्च अंकमा पुगेको बेला सेयर किनेका लगानीकर्ताहरु मर्कामा पर्छन् वा घाटामा जान्छन् ।

यो सेयर बजारको एक अपराध हो । सेयरको मूल्य एकाएक बढिरहँदा कतै तपाईले त्यो मूल्य किन बढ्यो भनेर अध्ययन गर्नुभएको छ ? सामान्य लगानीकर्ताहरु साँच्चै सेयर कारोबारमा कम्मर कसेर लाग्नुभएको छ भने यी र यस्ता क्रियाकलाप वा कारोबार कोहि/कतैबाट भएका छन् कि ! चनाखो बन्नुहोला ।

होइन भने तपाईले सेयरको मूल्य उच्च भएको बेला किनेको सेयरले नै सम्पूर्ण रकम डुबाउन/गुमाउन बाध्य हुनुपर्ला !

फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार ०८:१६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...