back
NMB ad

दशैं आयो,१ हजार मात्रै कमाउन पाए नानीहरुलाई कपडा किनीदिन पाइन्थ्यो !(हेर्नुस् भिडियो)

Kumari bank ad

रविना पौडेल,धादिङ । उदयपुर जिल्लाकी कुमारी रोक्काले धादिङ जिल्लाको थाक्रे गाउँपालिका अन्तर्गत आग्रा खोलाको ढुङ्गा बटुलेर जीवन गुजारा गर्दै आएकी छिन् । विहान उज्यालो भएदेखि बेलुका घाम नअस्ताउञ्जेलसम्म खोलामा ढुङ्गा झिक्ने उनको दैनिकी हो ।

आग्रा खोलाले बगाएर ल्याएको ढुङ्गा र ग्राभेल बटुलेर उनले ४ वटा छोराछोरी सहितको परिवार चलाउँदै आएकी छिन् । उनी भन्छिन् ःर्–दिनभरि ढुङ्गा झिकेर ४०० सय कमाउँछु यही पैसाले बिहान बेलुकाको छाक टानुपर्छ । दसै पनि आयो १ हजार जति बढि कमाउन पाए नानीहरुलाई कपडा किनी दिन पाइन्थ्यो कि !

यदि बिरामी परियो र काम गर्न पाईएन भने पेट पाल्नकै निम्ति ऋण खोज्नु पर्ने उनको बाध्यता छ । कुमारी अहिले उमेरले २० वर्ष पुगिन् । उनले गरिबीको कारण सानोमा पढाउन पाईनन् । अशिक्षा र अरुकाम गर्ने शिप नभएका कारण उनी अन्य काम गर्न जान्दिनन् । खेतीपाती गर्नको लागि जग्गा छैन त्यसैले त्यही कुनै दिन कमाएको ४ सयले खान \लगाउन र सबै खर्च चलाउन परेको छ । यदि खोला बन्द भयो भने मुखै बन्द हुने पो हो की भन्ने चिन्तामा उनी आफ्नो गुनासो गर्दै देखिन्थिन् ।

उनी आफूलाई थाहा भएदेखि नै बुबाआमासँग खोलामा रोडा र गिट्टी कुटेको उनले दुखेसो गर्दै सुनाईन् ।विगतका वर्षहरुमा उनले गिट्टी कुटेर दैनिक १ सय कमाउँथिन् । गिट्टी बिक्न छाडेपछि सकेपनि नसकेपनि ढुृङ्गा झिक्न थालेकी उनी सुनाउँछिन् ।उनीहरु मात्र होइन आग्राखोलामा ढुङ्गा झिकेर गिट्टी कुटेर जीवन जीउने सयौं परिवारहरु छन् ।उनीहरुको लागि सहयोग भने नआएको होइन खोलाको कीनारमा शौचालयको निर्माण, बालबालिकाहरुलाई विद्यालयमा छात्रवृति लगायतका सहयोगहरु नभएका त होइनन्, तर हिजो उनीहरु जुन अवस्थामा थिए आज पनि त्यही अवस्थामा छन् ।

प्रकाशित मितिः २०७४ असोज ११

वि.सं.२०७४ असोज ११ बुधवार १३:५८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...