धरान । भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा स्वीकृतिबिना जथाभावी प्लटिङ तथा किनबेच गरिरहेका छन् ।
स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि अवैध काम गर्न भूमाफिया अघि सरेका हुन् ।
जग्गा प्लटिङ गर्दा स्थानीय तहबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी प्रावधान भए पनि जलाधार क्षेत्रमा पर्ने धरान ४ स्थित छोटीमोरङ डाँडामा भूमाफियाले स्वीकृति नलिई प्लटिङ र किनबेच गरिरहेको पाइएको छ ।
जलाधार क्षेत्रसँगै कोसी राजमार्गमा समेतमा क्षति पुग्ने गरी प्लटिङ र किनबेच भएको थाहा पाएर पनि धरान उपमहानगरपालिका र वन कार्यालयले रोक्न कुनै पहल गरेका छैनन् ।आजको नागरिक दैनिकमा खबर छ ।(फाइल फोटो)
प्रकाशित मितिः २०७४ असोज २१
वि.सं.२०७४ असोज २१ शनिवार ०६:५२ मा प्रकाशित