back
NMB ad

काठमाडौमा विना लाइसेन्स सवारी चलाउने चालकको संख्या छब्बीस हजार

Kumari bank ad

काठमाडौ । काठमाडौ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताउँछन् । “विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,”–प्रमुख खनालले भने ।

उनले सवारी साधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको संख्यामा समेत वृद्धि हुँदै गएको बताउ । महाशाखाले अहिले बिना लाइसेन्स सवारी चालक चलाउने चालकमाथि रु एक हजार जरिवना लिँदै आएको छ । पहिला रु २५० राजश्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णयअनुसार एक हजार राजश्व लिँदै आएको हो ।

पक्राउ परेका सवारी साधन फिर्ता भने सम्बन्धित सवारी धनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ । हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ । रासस

प्रकाशित मितिः २०७४ असोज ३०

वि.सं.२०७४ असोज ३० सोमवार १४:०७ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...