back
NMB ad

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च

Kumari bank ad

काठमाडौं । फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँबजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए । मात्र प्रतीक्षा थियो, जन्तीको । राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा ३ सय जन्ती मण्डपमा भित्रिँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो ।

स्वागतसँगै जन्ती खानपिनमा लागे । अभिभावक निकाह ९बिहे० को तयारीमा लागे । सम्पूर्ण रुपले सिँगारिएकी बेहुलीलाई कोठाबाट मण्डपतिर लगिँदै थियो । त्यही बेला फिल्मी शैलीमा यो बिहे हुन सक्दैन भन्दै प्रहरी पुग्यो । समारोहमा अचानक बिध्नज भएपछि सबैजना आत्तिए ।

प्रहरीले अभिभावकलाई सोधे – बेहुलीको उमेर कति हो रु अभिभावकले सुरुमा आनाकानी गरे पनि खुलासा गर्न बाध्य भए – बेहुलीको उमेर १४ वर्ष मात्रै छ ।’उमेर नपुगेकी बालिकाको बिहे गर्न पाइँदैन, अभिभावक र साक्षीलाई समेत मुद्दा लाग्न भनेर प्रहरीले ठुल्ठूलो स्वरमा भन्न थालेपछि आफन्तहरुको भागाभाग भयो । बेहुलीपक्ष मात्र होइन, नाच्दैगाउँदै आएका जन्ती पनि तितरबितर हुन थाले ।

५० लाख खर्च गरेर आयोजना गरिएको बिहे समारोहमा कोलाहल मच्चियो । तर, प्रहरीले कसैलाई गिरफ्तार गरेन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । फाइल फोटो

प्रकाशित मितिः २०७४ कार्तिक ८

वि.सं.२०७४ कात्तिक ८ बुधवार ०६:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...