back
NMB ad

सोलुखुम्बुमा चिसो बढेपछि पर्यटक भ्रमण छोट्याउने तयारीमा

Kumari bank ad

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्ष पर्यटक आगमन बढेको छ ।पर्यटक प्रहरी लुक्लाका अनुसार गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । यो वर्ष भदौ २३ गतेदेखि कात्तिक १ गतेसम्मको तथ्यांकअनुसार १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन् ।

यस बीचमा भ्रमण सकेर तीन हजार ९७१ जना बाहिरिएका छन् । यो गत वर्षको तुलनामा झन्डै दोब्बरले बृद्धि भएको छ ।यो वर्षको भदौ २३ गतेदेखि असोज २३ गतेसम्म सात हजार ४८४ जना बाह्य पर्यटक खुम्बु भ्रमणका लागि भित्रिएका थिए भने अघिल्लो वर्ष सोही समयमा पाँच हजार ३८४ पर्यटक खुम्बु भ्रमणका लागि आएको पर्यटक प्रहरी लुक्लाका हवल्दार जयप्रकाश गोहितमानले जानकारी दिए ।

यस क्षेत्रमा चिसो बढ्दै गएपछि पर्यटक भ्रमण छोट्याएर फर्कने तयारीमा जुटेको टे«किङ गाईड चूडामणि केसीले बताउनुभयो । केसीले भन्नुभयो, “विगत वर्षको तुलनामा यो वर्ष चाँडै चिसो शुरु भएको महसुस भएको छ, त्यसैले भ्रमण छोट्याउने तयारी भइरहेको छ ।”

पर्यटक र उनका सहयोगी काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल आउने गर्छन् । अहिले भ्रमण सकेर पर्यटक धमाधम फर्कन थालेपछि लुक्ला आउनेभन्दा काठमाडौँ जाने यात्रुको चाप बढेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले बताए ।

सबैभन्दा बढी पर्यटक अष्ट्रेलिया, युके, जर्मन, अमेरिका, स्पेन, फ्रान्स, क्यानडा, भारत, चीन, इटाली, मलेसिया, जापान, थाइल्याण्ड, पोल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशबाट यहाँ आउने गर्छन् । रासस

प्रकाशित मितिः २०७४ कार्तिक ९

वि.सं.२०७४ कात्तिक ९ बिहीवार १०:२३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...