back
NMB ad

टानको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रकृया जारी

Kumari bank ad

काठमाडौँ । टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल(टान)को ३९ औँ साधारण सभाले आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । काठमाडौँको होटल हायातमा टानको आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अनुरुप निर्वाचन प्रक्रिया जारी छ ।

नयाँ नेतृत्वका लागि पूर्व महासचिवद्धय नवराज दाहाल र मोहन लम्सालबीच प्यानलै सहित प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्षका अर्का प्रत्यासी नुरु जंबु शेर्पाले दुवै प्यानलतर्फको भोट काट्ने देखिएकापनि दाहाल र लम्सालकबीच नै कडा प्रतिष्पर्धा रहेको व्यवसायीहरु बताउँछन् । हायात होटलमा जारी साधारण सभा एवं निर्वाचन प्रक्रियाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उद्घाटन गरे । उनले मुलुकमा पर्यटन भित्र्याउनका लागि भौतिक पुर्वाधारको विकास गर्नु पर्ने बताए ।

त्यस्तै पर्यटनसम्बन्धी योजना र बजेट बनाउँदा गन्तव्यको पहिचान, प्रवद्र्धन र वास्तविक आवश्यकताको आधारमा खर्च गर्नु पर्ने उल्लेख गरे । उनले पासाङल्हामु खुम्बु गाउँपालिकाले पर्यटकसंग शुल्क लिने निर्णय गरेको कुरा बर्तमान कानुनसम्वत नभएको भन्दै सरकारले निक्र्यौल गरेपछि कानुनसम्मत रुपमा रकम उठाउन पाईने उनले बताए । यसका लागि सरकारका विभिन्न तह कसले शुल्क उठाउन पाउने भन्नेबारे अर्थमन्त्रालयले स्पष्ट पार्ने भन्दै तत्काल त्यस्ता शुल्क नउठाउन आग्रह गरे ।

साधारण सभामा टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले देशको राजनीतिक अस्थीरताले आफूहरुले सोचेको जस्तो काम गर्न नसकेको बताए । उनले भनेर्, टानको २ वर्षे कार्यकालमा मात्र हामीले ४ जना मन्त्री, ४ सचिव र अन्य कर्मचारीहरु झेल्नु पर्यो । मन्त्रीहरु परिवर्तन भएपछि हाम्रा फाईलहरु गाएब भए । जुन कुरा पहिलो अध्यक्षले उठाएका थिए ,त्यही कुरा १७ औँ अध्यक्षले पनि उठाउनु परेको छ, अब १८ औँ अध्यक्षले पनि उठाउनु नपरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

३९ औँ सधारण सभाले आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १२

वि.सं.२०७४ कात्तिक १२ आइतवार १६:०५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...