back
NMB ad

कार्तिक २१ को यो मिति ख्याल गर्नुहोस,पाउँदै हुनुहुन्छ १९% बोनसपछि ४६% हकप्रद

Kumari bank ad

काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पछिल्लो संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १९.२० प्रतिशतले हुने ११ करोड आठ लाख ८४ हजार पाँच सय ३९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि कम्पनीले १.०१ प्रतिशत अर्थात ५८ लाख ३६ हजार २८ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।

संचालक समितिको सोही बैठकले बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीको ४६ प्रतिशत हकप्रद सेयर पनि निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले ३४ करोड ४२ लाख चार हजार ९० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

बोनस सेयर र हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले कात्तिक २१ गते साधारणसभा गर्ने भएको छ । उक्त २२ औँ वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक ७ गतेदेखि बुक क्लोज गरिसकेको छ ।pravu insurance

हाल प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ५७ करोड ७५ लाख २३ हजार छ सय ४२ रुपैयाँ रहेको छ । बोनस सेयर र हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब नाघ्नेछ ।

प्रकाशित मितिः२०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ०८:५६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...