back
NMB ad

निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु

Kumari bank ad

चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु गरिएको बताए ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै मन्त्री पाण्डेले निकुञ्जभित्र पर्ने सडक छेउमा रहेका रुख काट्ने काम शुरु गरिएको बताउँदै भने, “सडकमा आवागमन गर्न असहज बनेका रुखमा टाँचा लगाइएको छ । ती रुखहरु काट्ने काम शुरु भएको हो ।” भरतपुरबाट माडी जाने क्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आठ किमी सडक पर्छ ।

यससँगै माडीवासीका लागि निकुञ्ज यात्रा गर्दा लाग्ने शुल्क नलिने वातावरण तय गर्नका लागि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । उनले भने, “जिल्ला सदरमुकामबाट घर जानका लागि पनि कर तिर्नुपर्ने बाध्यता माडीवासीमा छ । यसको अन्त्य चाँडै हुन्छ ।” अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको रु १० कर तिर्दै आएका छन् भने बस, कार, जीप, ट्र्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले रु ५० शुल्क तिर्ने गरेका छन् ।

फरक प्रसंगमा मन्त्री पाण्डेले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट उम्मेदवार हुने बताउनुभयो । यसअघि विजयी भएको क्षेत्र भएकाले पनि आफू सोही क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो । यसअघि उनी चितवन क्षेत्र नं ५ बाट विजयी भएका थिए। सो क्षेत्र अहिले क्षेत्र नं ३ मा पर्छ ।

वाम गठबन्धनबाट सोही क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । सोही क्षेत्रमा दाहालकै प्रतिष्पर्धामा लोकतान्त्रिक गठबन्धनबाट पाण्डे उम्मेदवार हुन लागेका हुन् । फाइल फोटो

रासस

प्रकाशित मितिः २०७४ कार्तिक १४

 

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ११:४१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...