back
NMB ad

किन विद्युत् चोरी नियन्त्रण भएन ?

Kumari bank ad

ललितपुर । जिल्लामा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन । कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गाहो भएको उनको भनाइ छ ।

च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ । नगरको भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ । चक्रपथ बाहिर हरिसिद्धि, ठैंब, सानागाउँ, सुनाकोठीलगायतका स्थानमा विद्युत् चुहावट बढी हुने गरेको सिंहले बताए । उनी भन्छन्, “स्थानीयको मानसिकता परिवर्तन नगरी चुहावट नियन्त्रण हुँदैन ।”

कार्यालयले नियमित अनुगमन गरिरहेको छ । स्थानीय टोल सुधार समिति र प्रशासनसँग मिलेर विद्युत् चुहावट भए/नभएको अनुगमन भइरहेको छ । अनुगमनका लागि स्थानीय निकाय अग्रसर हुनुपर्नेमा सिंहको जोड छ । उनी भन्छन्, “स्थानीय निकायले गर्दा बढी प्रभावकारी हुन सक्छ ।”

गत साउनमा मात्रै विद्युत् चुहावट १७.१३ प्रतिशत छ । गत आवको चुहावट १२.६१ प्रतिशत रहेको थियो । आव २०७२/७३ मा १२ प्रतिशत र आव २०७१÷७२ मा १८.८९ प्रतिशत विद्युत् चुहावट रहेको थियो । रासस

प्रकाशित मितिः२०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार १३:२२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...