back
NMB ad

बैंकमा २५०० जम्मा गर्न जाँदा २५०० नै खर्च हुने !

Kumari bank ad

डडेल्धुरा । जिल्लाका पाँचवटा गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा आर्थिक कारोबार गर्न समस्या भएको छ । गाउँपालिकाबाट निकासा गरिने बजेटका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । निकासा गरिने रकमभन्दा बढी खर्च हुने गरेको छ । प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा बैंक स्थापना गर्ने भनिए पनि यहाँका सातवटा स्थानीय तहमध्ये पाँचवटा गाउँपालिकामा अझै बैंक स्थापना हुन सकेको छैन ।

आर्थिक कारोबार गर्नका लागि सेवाग्राही मारमा परेका छन् । भागेश्वर, अजयमेरु, आलिताल, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । कार्यालयको काम छोडेर सानो रकमका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

आलिताल गाउँपालिकाबाट रु दुई हजार ५०० रकम साँट्न वा जम्मा गर्नका लागि सदरमुकाम पुग्नुपर्ने हुन्छ । आलितालबाट सदरमुकाम आउँदा रु ३०० गाडी भाडा र दुई दिनको खाने बस्न खर्च लगाउँदा सो रकमभन्दा बढी खर्च हुने गरेको छ । आलितालजस्तै अजयमेरु, नवदुर्गा र गन्यापबाट पनि सदरमुकाम आउन जान मात्रै रु एक हजारभन्दा बढी खर्च हुन्छ ।

“बैंकले विविध कारण देखाएर ढिलासुस्ती गरिरहेका छन्,” अजयमेरु गाउँपालिकाका उपप्रमुख कलावती भाटले भने । आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ स्थानीय तहमा बैंक नहुँदा जनप्रतिनिधि र कर्मचारी जिल्ला सदरमुकाम धाउँदा स्थानीय तहका कार्यालयको काम प्रभावित हुने गरेको छ । गाउँपालिकाका कर्मचारी र पदाधिकारी सदरमुकाम धाउनमा व्यस्त रहँदा समयमै काम नहुने गरेको सेवाग्राहीको गुनासो छ ।

निजी बैंकले बैंक स्थापनाका लागि गाउँपालिकालाई आश्वासन दिएको भए पनि हालसम्म स्थापना हुन नसक्दा सेवाग्राहीका साथै स्थानीय तहमा संकलन हुने राजस्व जम्मा गर्न समस्या हुने गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टको भनाइ छ । स्थानीयस्तरमा सरकारले कामको थालनी गरेसँगै आवश्यक पर्ने कार्यालय तथा बैंक चाँडो स्थापना गरिनुपर्ने सर्वसाधारण बताउँछन् । रासस

प्रकाशित मितिः२०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार १३:२६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...