back
NMB ad

तामाकोशी आयोजनाको काम छिटो सक्नेबारे यो निर्देशन पढ्नुहोस् !

Kumari bank ad

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीमा विद्युतीय उपकरण जडानको जिम्मा पाएको एन्ड्रिज हाईड्रोलाई छिटोभन्दा छिटो काम सक्न निर्देशन दिएका छन्। एन्ड्रिज हाईड्रोले आयोजना गरेको ग्राहक दिवस कार्यक्रमको उद्घाटन गर्दै निर्देशक घिसिङले भने, माथिल्लो तामाकोशी हाम्रो लागि धेरै महत्वपूर्ण आयोजना हो। यसको काम अर्को वर्ष सुख्खा लाग्नु अघि सम्म जसरी पनि सक्नुस्।

????????????????????????????????????
????????????????????????????????????

जलविद्युत क्षेत्रमा उपकरण बिक्रीपछिको सेवा महत्वपूर्ण हुने हुनाले एन्ड्रिजका उपकरण प्रयोग गरेको भन्दै घिसिङले भने, भारत वा अष्ट्रिया जहाँबाट उपकरण ल्याए पनि गुणस्तरीय उपकरणमात्र प्रयोग गर्नु।

विद्युत आयोजनालाई आवश्यक यन्त्र उपकरणहरु उत्पादन गर्ने युरोपेली मुलुक अष्ट्रियाको कम्पनी एन्ड्रिजले नेपालमा २३ वटा जलविद्युत आयोजनामा आफ्ना उत्पादन जडान गरेको छ। त्यो मध्ये सबैभन्दा ठूलो आयोजना ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हो।

कार्यक्रमलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री दिलनाथ गिरीले जलविद्युत्लाई राष्ट्रिय आम्दानीको मेरुदण्डका रुपमा स्थापित गर्ने सरकारको नीति रहेकाले यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न सरकारले लचिलो नीति लिएको बताए ।

कार्यक्रममा नेपालका लागि अष्ट्रियाकी राजदूत ब्रिगिट ओपिनिगर वाल्सफोरले जलविद्युत् स्वच्छ, नवीकरणीय उर्जाको स्रोत हुनुका साथै आम्दानीको ठूलो स्रोत भएकाले नेपालले जलविद्युत् विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नवीकरणीय तथा स्वच्छ उर्जाले वातावरणीय प्रदूषण न्यूनीकरण गर्नुका साथै पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन मद्दत गर्ने उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि कमर्सियल कन्सुलर ओस्कर एण्ड्सनरले एन्ड्रिजले नेपालमा बीसौं वर्षदेखि काम गर्दै आएको र अन्य अष्ट्रियन कम्पनीहरु पनि नेपालमा व्यवसाय गर्न इच्छुक रहेको बताए । नेपालमा अस्ट्रियन लगानी प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक ‘नेपाल—अस्ट्रिया इकोनोमिक फोरम’को आयोजना गरिएको उल्लेख गर्दै अन्य कम्पनीहरु पनि एन्ड्रिजजस्तै च्याम्पियन हुने आशा व्यक्त गरे ।

एण्ड्रीजले जलविद्युत् उपकरण आपूर्तिमा नेपाली बजारमा ठूलो हिस्सा ओगट्छ । नेपालको सबैभन्दा उच्च क्षमताको जलविद्युत् आयोजना माथिल्लो तामाकोसी, चिलिमे, मध्य भोटेकोसी एन्ड्रिज हाइड्रोका उपकरण प्रयोग भएका केही प्रतिनिधि आयोजनाहरु हुन् । अन्य निजी प्रवद्र्धकहरुले विकास गरेका आयोजनाहरुमा पनि एण्ड्रिजका उपकरण प्रयोग भएका छन् ।

कार्यक्रममा पाँच सयभन्दा बढी प्रबद्र्धक, विज्ञ, तथा जलविद्युत् प्रवद्र्धनमा चासो राख्ने व्यक्तिहरुको सहभागिता रहेको छ । एन्ड्रिजको ग्राहक भेटघाट कार्यक्रम बिहीबारसम्म चल्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक १६

वि.सं.२०७४ कात्तिक १६ बिहीवार ०८:५३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...