back
NMB ad

मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ अमेरिका जाँदै

Kumari bank ad

काठमाडौ । नेपालको सर्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजना गर्दै आएको संस्था द हिडेन ट्रेजरले घोषणा गरेको पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ आउँदो नोभेम्बर ६ मा अमेरिका जाने भएकी छिन् । अमेरिका स्थित लास भेगासमा आउँदो नोभेम्बर २६ मा हुने ६६ औँ मिस युनिभर्सको लागि नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै अमेरिका जान लागेकी हुन् । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन ।

राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी विगत केहि महिना यता गरिरहेको तयारी तथा उनले मिस युनिभर्समा आफुलाई प्रस्तुत गर्ने विविध कुराको जानकारी दिइएको छ ।पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजना भएसंगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ किमिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो ।

नग्माले मिस युनिभर्समा नेपाली भेष भुषालाई प्रवर्धन गर्नेछिन् भने उनी अलंकृत पोशाक, शिरमा मण्डला शैली उपकरण सहित शिष्ट र सौम्य रुपी सेतो परिपुरक वस्त्रमा समेत देखिनेछिन । नग्माले मिस युनिभर्स प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक जान पाउँदा खुसिसँगै जिम्मेवारी पनि बढेको बताइन् ।

उनले भनिन् ‘यो मेरो सपना थियो , जसलाई पुरा गर्ने अवसर पाएको छु । यसको तयारीमा मैले केहि कसर बाकि राखेकी छैन तर मेरो तयारीसँगै तपाइको भोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले नोभेम्बर २६ मा हुने मिस युनिभर्समा मेरो मेहनतलाई सार्थक बनाउँन तपाईले पनि भोट गर्नु पर्ने हुन्छ । त्यो भोट मेरो लागि आशिर्वाद हुनेछ भने मेरो मेहनतलाई पनि सार्थक बनाउनेछ । मैले त्यहाँ आफ्नो देशको मौलिक पहिरनलाई फोकस गर्दै आफुलाई प्रस्तुत गर्नेछु ।’

प्रकाशित मितिः २०७४ कार्तिक १६

वि.सं.२०७४ कात्तिक १६ बिहीवार ११:१६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...