back
NMB ad

चिसो बढेपछि चौँरी गोठ बेँसीतर्फ सार्नथाले

Kumari bank ad

इलाम । जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् । इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी आफ से आफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौँरीपालक किसानले सोही अनुसार पुरानो खर्कतिर गोठ सार्ने गरेका छन् ।

टिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरु भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । सन्दकपुर र कालापोखरीका खर्कमा त्यस क्षेत्रमा रहेका गोठहरू आउने गरेका छन् । यहाँका गोठहरू अझ तल मानव बस्ती नजिक झार्न थालिएको चौँरीपालक बताउँछन् ।

अत्यन्तै चिसो हुने क्षेत्रमा रहेका गोठहरू क्रमशः कम चिसो हुने क्षेत्रमा ल्याइन्छ । त्यहाँ रहेका गोठहरू केही तल झारिन्छ । चौँरी बस्दै आएको स्थानमा चिसो बढेकाले त्यहाँभन्दा न्यानो स्थानमा चौँरी बस्न रुचाउँछन्, सन्दकपुर गाउँपालिका, जमुनाका कुमार गुरुङले भने । गोठसँगै गोठधनी पनि खानेबस्ने सबै सरसामान लिएर न्यानो स्थानतर्फ झर्ने गर्छन् । सामूहिक रूपमा खर्कमा बनाइएका गोठहरूमा सर्ने गरेको उनले बताए ।

इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करिब पाँच दर्जनभन्दा बढी चौँरी गोठ चिसोबाट न्यानोतर्फ सरेका हुन् । असोज महिनादेखि गोठ उधौँली झर्ने क्रम शुरु हुन्छ । न्यानोपना नआएसम्म ती गोठहरू बेसींमै रहन्छन् । मुख्यतया वैशाख महिनादेखि गोठ उधौंली लैजाने क्रम शुरु हुने गरेको मावुका दण्डु लामाले बताए ।

उधौंली झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको किसान बताउँछन् । चौँरीसँगै भेडीगोठ पनि उँधो सर्न थालेका छन् । सयौँको सङ्ख्यामा रहेका भेडासहितको गोठ तल झार्न थालिएको हो ।

भेडीगोठ खर्क–खर्कमा केही दिन राख्दै तल गाउँसम्म ल्याउने गरिन्छ । जाडोयाममा टिम्वुपोखरीदेखि माथिका क्षेत्रमा पशु र मानिस बस्नसक्ने अवस्था हुँदैन । यसपालि शुरुमै चिसो भएकाले चौँरी गोठहरू बेसीतर्फ झार्न थालिएको हो ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक १७

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार १४:४६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...