back
NMB ad

नाट्जाको पर्यटन व्यवसायीलाई सम्मान सहित पर्यटन पत्रकार ढुंगानालाई अन्तर्राष्ट्रिय पुरस्कार !

Kumari bank ad

काठमाडौ। नेपाल अमेरिका पर्यटन पत्रकार संघ (नाट्जा) ले नेपालमा अमेरिकी पर्यटक भित्र्याउन महत्वपूर्ण योगदान दिएका चोयु टे«किङ एजेन्सीका निमानुरु शेर्पा, आशी ट्रेक ग्रुप अफ कम्पनीका अन्जन थापा (कुमार),माउण्टेन लिडरर्स एण्ड एक्सपिडिसनका केशव पाण्डे, एभरग्रीन टुर्सका चित्रबहादुर गुरुङ, अफ द वाल ट्रेकिङ कम्पनीका सरिता लामालाई सम्मान गर्नुका साथै पर्यटन पत्रकार मुकुन्द ढुंगानालाई नाट्जा अन्तराष्ट्रिय पत्रकारिता अवार्डबाट सम्मानित गरेको छ ।natja

राष्ट्रिय अनलाईन पत्रकार संघ एवं बोष्टर मिडियाका अध्यक्षसमेत रहेका ढुंगानालाई २५ हजार राशीसहितको पुरस्कार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले एक कार्यक्रमबीच प्रदान गरे ।

कार्यक्रममा पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले मूल्यांकनको हिसाबले नेपालमा अमेरिकी पर्यटकले खर्च गर्ने र बस्ने अवधि अन्य देशको तुलनामा सबैभन्दा बढी रहेको बताए । नेपालको पर्यटन क्षेत्रमा अमेरिकी पर्यटकको ठूलो महत्व रहेको जनाउदै जोशीले भने, “मूल्याकंनको हिसाबले हेर्दा नेपालमा अमेरिकी पर्यटकको बसाई २३ दिनको रहेको छ । जुन भारत र चीन भन्दा पनि बढी हो । ” कार्यक्रममा सम्मानित पर्यटन ब्यबसायीले अमेरिकासम्म सीधा उडान हुन नसक्नु, नेपालको भौगोलिक परिस्थित, राजनीतिक अस्थिरता, बीमाको ग्यारेण्टी हुन नसक्नु र सुरक्षालगायतकारणले उल्लेख्य संख्यामा नेपालमा अमेरिकी पर्यटक भित्रन नसकेको जनाएका थिए ।

उक्त अबसरमा नेपाल अमेरिका पर्यटन पत्रकार संघका अध्यक्ष सन्जोग आचार्यले अगामी बर्ष पत्रकारिता पुरस्कारको राशी बढाएर ५० हजार पुर्याईने सबैभन्दा बढी अमेरिकी पर्यटकलाई नेपाल भित्र्याउने पर्यटन ब्यबसायीलाई पनि ५० हजार राशीसहित सम्मान गरिने बताए । अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघसंगको सहकार्यमा १० लाख राशीको पर्यटन पत्रकारिता कल्याण कोष स्थापना गर्ने, अमेरिकाका मूलधारका पत्रकारलाई नेपाल भ्रमण गराउने लगायत कार्यक्रम रहेको पनि बताए ।

सो अबसरमा बरिष्ठ अधिवक्ता एवं नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष बोर्डबहादुर कार्की, बरिष्ठ पत्रकार टंक पन्त, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपालका निबर्तमान अध्यक्ष चन्द« रिजाल लगायतले नेपालमा अमेरिकी पर्यटनको सम्भावना सम्बन्धी प्रकाश पारेका थिए ।
प्रकाशित मितिः २०७४ कार्तिक १७

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार १६:०७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...