back
NMB ad

मुक्तिनाथ विकास बैंकको शाखा विस्तार

Kumari bank ad

मुक्तिनाथ विकास बैंकले चितवनको खैरहनीमा पर्सा शाखाको विस्तार गरेको छ । शाखा कार्यालय पर्साको खैरहनी नगरपालीका नगर प्रमुख लालमणी चौधरीले गरे ।

उक्त शाखा उद्घाटन मन्तव्यका क्रममा उनले यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागी वित्तीय संस्थाहरुको उपस्थिती बढ्नु खुशीको कुरा भएकोले पर्सा बासीको सदैब साथ र सहयोग रहने बताए । कार्यक्रममा बैकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले बैंकको हालको अबस्था तथा बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विशेष जोड दिई रहेको बारेमा प्रकाश पार्नुका साथै बैंकले प्रदान गर्दै आईरहेको सेवा सुविधाका बारेमा चर्चा गर्नु भएको थियो ।

यस विकास बैंकको चितवन जिल्लामा ४ वटा शाखा सहित गरी कुल ७० वटा कार्यालयहरु पुगेका छन् । बैंकले २०७४ आश्विन मसान्त सम्म रु. १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी रु. १६ अर्ब ८० करोड कर्जा लगानी गर्न गरेको छ । सोही अवधिमा बैंकले रु. १३ करोड ५४ लाख खुद मुनाफा गर्न सफल भएको छ ।

शाखा समुद्घाटन कार्यक्रममा पर्सा बजार र सो आसपासका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः२०७४ कार्तिक २०

वि.सं.२०७४ कात्तिक २० सोमवार १३:४२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...