back
NMB ad

बिश्वप्रसिद्ध सांगीतिक प्रतिस्पर्धामा नेपाली मुलका किशोर

Kumari bank ad

काठमाडौँ  । क्यानाडाको टोरन्टोमा हुन गईरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा हाल अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ बर्षिय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनौटमा परेका छन ।

नोभेम्बर ९ देखि ११ मा हुन गईरहेको उक्त प्रतिस्पर्धामा बिश्वका बिभिन्न मलुकका ६४ जना म्युजिक कम्पोजरहरु छनौटमा परेका छन । प्रतिस्पर्धिहरुले उक्त अवार्ड जित्नका लागि बिभिन्न चरणहरुमा आफ्ना १५ वटा सांगितिक प्रस्तुति गर्नुपर्नेछ ।

साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा हुनलागेकोे उक्त प्रतियोगिता सांगितिक क्षेत्रका प्रतिभा पहिचाहनको लागि कोसे ढुंगा  मानिन्छ ।

आयोजकहरुले जनाए अनुसार बिगतमा यस प्रतियोगिताबाट छनौट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेका छन । संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका लगायत बिश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरुसंगै नेपाली मुलका बस्ताकोटी छनौटमा परेका हुन । उक्त प्रतियोगितामा छनौटमा परेका नेपाली मुलका उनी पहिलो ब्यक्ति हुन ।

बिगत दुइबर्षदेखि सांगितिक क्षेत्रमा लागेका उनले पाश्चात्य संगितको क्षेत्रमा (खास गरी हिपहप र आर एण्ड बि म्युजिक) मा हस्तक्षेपकारी भुमिका निबार्ह गर्दै आएका छन् । उनको संगितमा अमेरिका, क्यानाडा, बेलायत लगायतका गायक गायिकाहरुले स्वर भरेका छन ।

उनले सन् २०१५ मा क्यानाडाको क्यालगिरिमा भएको बिट ब्याटलस्स प्रतियोगितामा पनि अवार्ड प्राप्त गरेका थिए । उनको सांगितिक यात्राका बारेमा बिश्व प्रसिद्ध कम्प्लेक्स म्यागाजिन, हिपहप क्यानाडा, गुड जुस बक्स लगायत पत्रिकाहरुमा पनि बारम्बार प्रकाशित भएका छन् ।

२२ कार्तिक २०७४

uskhabaronline.com बाट

वि.सं.२०७४ कात्तिक २२ बुधवार ०७:२५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...