back
NMB ad

नागढुंगा सुरुङ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

Kumari bank ad

काठमाडौ । उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरुङको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । यो सुरुङ मार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घण्टौँ लामो जाम नहुने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत पूर्वी सडकखण्ड निर्माण गर्न जग्गा प्राप्तिका लागि हक दाबी गर्न जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ अनुसार ३० दिने सूचना जारी गरिएको नागढुंगा सुरुङ निर्माण आयोजनाले जनाएको छ ।

मार्ग निर्माणका लागि ४३७ कित्ताका २६६ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएको आयोजना प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । मार्ग निर्माणका लागि काठमाडौँतिरको जग्गा अधिग्रहण गर्न लागिएको हो । हालको चन्द्रागिरि नगरपालिका साविकको महादेवस्थान, थानकोट, बलम्बु र दहचोक गाविसका सरकारी एवम् निजी जग्गा, घर, रूख, बिरुवा र बाली नालीको मुआब्जा दिई जग्गा अधिग्रहण गरिने छ ।

“बस्नेतछापमुनिको दहचोकदेखि नौबिसे नजिकको सिस्नेखोलासम्म दुई दशमलव सात किमी सुरुङ निर्माण हुन्छ, यो मार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सस्तो ब्याजदरको ऋण सहयोग गरेको छ, यसको लागत रु १७ अर्ब छ”, उनले भने ।

वार्षिक शून्य दशमलब ०१ प्रतिशत ब्याजको यो ऋण ४० वर्षमा तिरिसक्नुपर्ने आयोजनाले जनाएको छ । सुरुङ विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

सुरुङको पूर्वी खण्डको प्रवेश मार्ग राजमार्ग सरह केन्द्रबाट २५/२५ मिटर बन्ने आयोजनाका इञ्जिनियर छविलाल पौडेलले बताए । सुरुङ पार गरेर धादिङको सिस्नेखोला पुगेपछि भने ५०० मिटर मात्र प्रवेश मार्ग बनाएपछि राजमार्गसँग जोडिन्छ । धादिङतिरको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न सूचना जारी गर्ने तयारी भइरहेको पनि आयोजनाले जनाएको छ । रासस

फाईल फोटो

प्रकाशित मितिः२०७४ कार्तिक २२

वि.सं.२०७४ कात्तिक २२ बुधवार १६:०८ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...