back
NMB ad

फ्लोरिकल्चरमा योगदान दिने ७१ जनालाई मन्त्रीद्धारा सम्मान

Kumari bank ad

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले आफ्नो रजत जयन्तीको अबसर पार्दै पूर्व कार्यसमिती सदस्य लगायत फ्लोरिकल्चर क्षेत्रमा योगदान दिने ७१ जनालाई सम्मान गरेको छ ।

कृषि बिकास राज्य मन्त्री सरिता प्रसाईले माला, दोसल्ला र ताम्रपत्र प्रदान प्रदान गर्दै सम्मान गरेकी हुन् । सम्मान गर्दै राज्यमन्त्री प्रसाईले नेपाल सरकार कृषि बिकास मन्त्रालयबाट कृषिका बिभिन्न अनुदान र सहयोगका नाममा गएको बजेट कृषक सम्म पुग्न नसकेको बताउँदै कृषक आफै चनाखो बन्नुपर्ने बताइन ।

बिहिबार राजधानीमा आयोजित रजत जयन्ती कार्यक्रममा कृषि बिकास सचिब डा. सुरोज पोख्रेल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठ, बनस्पती बिभागका महानिर्देशक डा. अखिलेश्वर लाल कर्ण, कृषि बिभागका महानिर्देशक डा. डिल्ली राम हर्मा, कृषि उद्यम केन्द्र तथा नेपाल उद्योग बाणिज्य महासंघका उपसभापति हेमराज ढकाल तथा एशोसिएशनकै पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

संघिय ढाँचामा देश अगाडी बढीरहेको बेला आफूहरुपनि त्यसै अनुरुप संघिय संरचनामानै जानुपर्ने बताउँदै फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले फ्लोरिकल्चर एशोसिएशनलाई आउनुपर्ने अनुदान सहयोग संघिय सरचना तयार नहुन्जेल फ्लोरिकल्चर एशोसिएशन नेपाल मार्फत उपलब्ध गराउन पर्ने बताए ।
प्रकाशित मिति : १ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १ शुक्रवार १९:३४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...