back
NMB ad

पूर्वमन्त्रीहरुलाई साख जोगाउने चुनौती

Kumari bank ad

त्रिशूली । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नुवाकोटमा राष्ट्रिय पहिचान बनाएका केन्द्रीय नेतालाई साख जोगाउने चुनौती पनि बढ्दै गएको छ ।

आज काँग्रेस र वाम गठबन्धनले अन्तिम चुनावीसभा गरिरहेका छन् । आ–आफ्ना पक्षमा मतदाता तान्न नेता सक्रिय भइरहेका छन् । विसं २०५१ देखि लगातार नुवाकोटमा निर्वाचन जितिरहेका डा रामशरण महतलाई यो पटकको निर्वाचनमा विजय प्राप्त गर्न ठूलो परिश्रम गर्नु परिरहेको छ ।

यस्तै नुवाकोटको राजनीतिमा विसं २०३८ बाट निरन्तर उम्मेदवार बन्दै आएका अर्जुननरसिंह केसीलाई वाम गठबन्धनले यो निर्वाचन सकसपूर्ण बनाएको छ ।

केन्द्रीय राजनीतिका प्रभावशाली व्यक्ति काँग्रेसका डा रामशरण महत र अर्जुननरसिंह केसी दुवैलाई वाम गठबन्धनको तगारो छिचोल्न सजिलो छैन योपटक । वाम गठबन्धन नभएको भए नेपाली काँग्रेसले आरामले निर्वाचन जित्नेमा कुनै शंका थिएन ।

दुई वटा निर्वाचन क्षेत्र रहेकोे नुवाकोटमा विसं २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा साविकको तीनवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा १२ स्थानीय तहमध्ये सात वटा तहको प्रमुख जितेर पहिलो दल बनेको काँग्रेसलाई वाम गठबन्धनका कारण नै स्थानीय तहको जितलाई निरन्तरता दिँदै प्रतिनिधिसभा र प्रदेशसभासम्म लैजान सकस पर्ने देखिएको छ ।

स्थानीय तह निर्वाचनमा दुई नगरपालिकासहित पाँच स्थानीय तहको प्रमुखमा नेकपा ९एमाले० जितेका थिए । स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका विजेता तथा पराजित उम्मेदवारले ल्याएको मत जोड्दा नेपाली काँग्रेसले ४४ हजार ११८ मतसहित पहिलो, नेकपा एमाले ४२ हजार १२ मतसहित दोस्रो र नेकपा माओवादी केन्द्र ३४ हजार २७८ मतसहित तेस्रो भएका थिए ।

नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठनबन्धनमा रहेको भनिएका नयाँ शक्ति पार्टी नेपालको आफ्नै उम्मेदवार चुनावी मैदानमा छ ।

डा महतले आफू नुवाकोटको समृद्धिका लागि फेरि निर्वाचनको मैदानमा आएको र विगतमा गरेको कामका कारण पनि मतदाताले फेरि विश्वास गर्ने बताउनुहुन्छ । वाम गठबन्धनका कारण निर्वाचन कठिन भए पनि आफू मजबुत रहेको डा महतको दाबी छ । “वाम गठबन्धनका कारण यो प्रतिस्पर्धा कठिन भएको छ ।” “म नै मजबुत छु”– डा महतले भन्नुभयो ।

क्षेत्र नं १ को प्रदेश ९ख० का काग्रेसका उम्मेदवार रमेश महत भने वाम गठबन्धनले काँग्रेसलाई एक बनाएको बताउनुहुन्छ । “वाम गठबन्धनले काँग्रेसमा देखिएको गुटउपगुट समाप्त भएको छ, हामीलाई एक बनाएको छ,” उहाँले भन्नुभयो — “अब काँग्रेसको मत विभाजित हुन्न, त्यसैले वाम गठबन्धनले असर गर्दैन् ।”

वाम गठबन्धनबाट क्षेत्र नं १ मा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हीतबहादुर तामाङले यो क्षेत्रका नागरिकले परिवर्तन चाहेका छन्, यो पटक हामीलाई साथ दिनेछन् भन्नुभयो ।

क्षेत्र नं २ को निर्वाचन पनि पेचिलो छ । काँग्रेस केन्द्रीय नेता अर्जुननसिंह केसी र वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडाबीच मुख्य प्रतिष्प्रर्धा रहेको छ । यो क्षेत्रमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपलिका, मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका छन् । स्थानीय तहको निर्वाचनमा काँग्रेसको २१ हजार ४६६, एमालेको २३ हजार ८२२ र माओवादी केन्द्रको १५ हजार ५०० मत यो क्षेत्रमा परेको थियो ।

महत र केसीको प्रभाव
अहिले नुवाकोटमा चार पूर्वमन्त्री दुई मुख्य गठबन्धनबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छन् । हीतबहादुर र राधिका वाम गठबन्धनबाट तथा डा महत र केसी काँग्रेसबाट उम्मेदवारी दिएका छन् । पटक पटक अर्थमन्त्री भइसकेका डा महत र पटकपटक विभिन्न मन्त्रालय सम्हालेका केसीको पहुँचको प्रभाव पनि यो निर्वाचनमा देखिएकाले स्थानीय तहको मतलाई मात्र आधार मान्न सकिँदैन । उनीहरुको पहुँच र प्रभावको तुलनामा वाम गठबन्धनका उम्मेदवार कमजोर रहेका कारण उनीहरुलाई आफ्नो मत जोगाउन कठिन छ ।

स्थानीय तहमा अन्र्तघात गरेको भनी कारबाहीका लागि उजुरी परेकासमेत अहिले काँग्रेसका उम्मेदवारसँग चुनावी प्रचारमा हिँडेको देखिएको छ । यसले पनि स्थानीय तहको परिणामअनुसार मतमा अहिले केही परिवर्तन आउन सक्छ ।

काँग्रेसको उम्मेदवारमा परिवारवाद हाबी भएको भन्दै काँग्रेसभित्र असन्तुष्टि पनि देखिएको छ । डा महतको क्षेत्रको प्रदेशमा उहाँकै भतिज रमेश महत र केसीको क्षेत्रको प्रदेशमा उहाँकै सहोदर भाइ जगदीश्वरनरसिंह केसी उम्मेदवार हुनुहुन्छ । यसले काँग्रेसमा केही असन्तुष्टि बढाएको नुवाकोटका काँग्रेसी कार्यकर्ताको भनाई छ ।

७ मंसिर (रासस)

वि.सं.२०७४ मंसिर ७ बिहीवार २१:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...