back
NMB ad

उत्कृष्ट करदाता सम्मानित

Kumari bank ad

पोखरा । कर सप्ताह कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व कार्यालयले बिहीबार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने मूल नाराका साथ शुरु भएको कर सप्ताहको अन्तिम दिन आज कार्यालयअन्तर्गत १० जिल्लाका सबैभन्दा धेरै कर तिर्ने र समयमै तिर्ने करदातालाई सम्मान गरिएको हो ।

कास्कीको पोखरा इञ्जिनियरिङ कलेज, तनहुँको शुभकामना बहुउद्देश्यीय संस्था लि, लमजुङको रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था पब्लिक लि का सञ्चालक सम्मानित भएका हुन् ।

यस्तै स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि, पर्वतको स्नेहा किराना स्टोर्स, गोरखाको कसमस डेभलपमेन्ट बैंक, बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि, म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्था लि, मुस्ताङको रामलक्ष्मी डिष्टिलरी र मनाङको सिएसी कन्ट्रक्सनका सञ्चालक पनि सम्मानित भएका थिए ।

गण्डकी र धौलागिरि अञ्चलका १० जिल्लामा हाल एक लाख १७ हजार ९२९ करदाता छन् । दश जिल्लाको कार्यक्षेत्रअन्तर्गत पोखरामा आन्तरिक राजस्वको कार्यालय, दमौली र बागलुङमा करदाता सेवा कार्यालय छन् ।
८ मंसिर (रासस)

वि.सं.२०७४ मंसिर ८ शुक्रवार ०८:२६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...