back
NMB ad

निर्वाचनले छोएन किसानलाई

Kumari bank ad

पाल्पा । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पाका विभिन्न राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई गाउँ केन्द्रित गरेका छन् । मंसिर महिना खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने समय भएकाले विभिन्न पार्टीका उम्मेदवारले खेतबारीमै पुगेर मतदातासँग मत मागिरहेका छन् ।

यहाँका किसान खेतीपाती भित्र्याउनमै व्यस्त भएकाले उनीहरूलाई निर्वाचनले त्यति प्रभाव नपरेको हो । माथागढी गाउँपालिका कसेनीकी माया रानालाई मंसिर २१ को निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्नेमै चिन्ता छ । उहाँ भन्नुहुन्छ, “जसले जिते पनि गाउँको विकास पटक्कै गर्ने होइनन्, सत्तामा बस्नका लागि होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला गाउँ आउँछन्”– “हामी त किसानी मान्छे आफ्नो काम ग¥यो बस्यो ।”

“पार्टीका उम्मेदवार घरदैलोमा आई भोट माग्छन्, एउटा पार्टीका उम्मेदवार विजयी भएर जान्छ तर हामीले वर्ष दिनसम्म खाने खेती गर्न छाडेर निर्वाचनकै चर्चामा व्यस्त रहे साँझबिहान हातमुख जोर्ने उपाय हुन्न”– उहाँको भनाइ छ ।

माथागढीकै चिदिपानीकी सविता घर्ती पनि आफ्नो गाउँमा राजनीतिक दलले निर्वाचनलाई लक्षित गरी आयोजना गरेका बैठकलाई छाडेर मेलापातमै व्यस्त हुनुपरेको बताउनुहुन्छ । पुरानै उम्मेदवार, पुरानै योजना, पुरानै नेता भएका कारण यसपटकको निर्वाचनको गतिविधिले आफूलाई छुन नसकेको उहाँ उल्लेख गर्नुहुन्छ ।

तानसेन सडक खण्डमापर्ने दोभान सिद्धाबाबा सडकको स्तरोन्नतिका कुरा ०७० कै निर्वाचनमा उठाए तर समस्या जस्ताकोतस्तै छ । तिनै पुराना अनुहार पुरानै चुनावी एजेण्डा लिएर आउँदा यसपटकको निर्वाचनमा मतदान गरौँजस्तो इच्छै नभएको तानसेन नगर– ८ का आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक पुराना कार्यकर्ताको भनाइ छ ।

धान स्याहार्र्नुका साथै खेतमा आलु लगाउने र बारीको तोरी उखेल्ने समय भएकाले यहाँका मतदातालाई फुर्सद छैन तर राजनीति गर्ने नेताले प्रत्येक निर्वाचनमा ढाँट्ने मात्र भएकाले राजनीतिभन्दा खेतीको चिन्ता बढी भएको रिब्दीकोट गाउँपालिका सर्देवाका अगुवा कृषक विमल ढकाल बताउनुहुन्छ ।
८ मंसिर (रासस)

वि.सं.२०७४ मंसिर ८ शुक्रवार ०८:५३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...