back
NMB ad

हुम्लामा ताराको विमान दुर्घटना पाँच घाइते सबैको अवस्था सामान्य

Kumari bank ad

काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।

मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य भएको प्रजिअ बास्कोटाले बताए ।

घाइतेको अवस्था हेरी सुर्खेत या नेपालगञ्ज लैजाने तयारी गरिएको प्रजिअ बास्कोटाले जानकारी दिए ।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार १०:३३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...