back
NMB ad

अपि पावरको बोनस र हकप्रद आउदै, पुष तिसमा डाक्यो साधारणसभा

Kumari bank ad

काठमाडौं। लामो समय हकप्रदको हल्लाले दोस्रो शेयर बजारमा धेरै कारोबार हुँदै आएको अपि पावरले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर दिने भएको छ। अपि पावरले आकर्षक बोनस शेयर तथा हकप्रदको प्रस्ताव सहित चौथौं वार्षिक साधारणसभा डाकेको छ।

पुष ३० गते डाकेको साधारणसभाबाट कम्पनीले एक बराबर दुर्इको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनकालागि पुष २१ ‍देखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। बुक क्लोज अगाडि कायम भएका शेयरधनीमात्र बोनस शेयर प्राप्त गर्न सक्ने जानकारी दिइएको छ।

हकप्रद जारीपछि चुक्ता पूँजी दुर्इ अर्ब २६ करोड पुग्ने कम्पनीले जनाएको छ। उक्त पूँजीबाट एक अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा लगानी गर्ने जनाएको छ। साथै बाँकी एक अर्ब २६ करोड रुपैयाँ १८ मेघावाट क्षमताको विभिन्न सोलार आयोजनामा लगानी गर्ने जनाइएको छ।

कम्पनीले गत आर्थिक वर्षमा ७ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो। साथै कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड रुपैयाँ छ।

वि.सं.२०७४ पुस ९ आइतवार ११:२० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...