back
NMB ad

सेयरमूल्य समायोजनमा कस्को मुल्य कति ? हेर्नुहोस् ..

Kumari bank ad

आईतबार नेपाल स्टक एक्सचेञ्जमा सूर्योदय लघुवित्त, नेरुडे लघुवित्तसिर्जना फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । तीनै कम्पनीको बोनसपछि सेयरमूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात नेरुडे लघुवित्तको प्रतिकित्ता समायोजित सेयरमूल्य ८६९ रुपैयाँ, सूर्योदय लघुवित्तको प्रतिकित्ता सेयरमूल्य ११०८ रुपैयाँ र सिर्जना फाइनान्स कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३३८ रुपैयाँ रहेको छ ।

तीनवटै कम्पनीको सेयर कारोबार आईतबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ । विहीबार सूर्योदयको सेयरमूल्य प्रतिकित्ता १३१८ रुपैयाँ, नेरुडेको ९८३ रुपैयाँ, तथा सिर्जना फाइनान्सको ४४८ रुपैयाँ रहेको थियो ।

नेप्सेले जनाएअनुसार नेरुडे लघुवित्तको १३ प्रतिशत बोनसलाई समायोजन गरि नेप्सेले प्रतिकित्ता सेयरमूल्य ८६९ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको औसत आधारमूल्य ९५९ रुपैयाँ निर्धारण भएको छ ।

सूर्योदय लघुवित्तको १९ प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य ११०८ रुपैयाँ कायम भएको छ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य ६०४ रुपैयाँ निर्धारण भएको छ ।

उता सिर्जना फाइनान्स कम्पनीको ३२.५ प्रतिशत बोनसलाई समायोजन गरि आईतबार नै नयाँ मूल्य निर्धारण भएको छ । नेप्सेले फाइनान्सको समायोजित सेयरमूल्य ३३८ रुपैयाँ तथा आअ‍ैसत आधारमूल्य ३२८ रुपैयाँ निर्धारण गरेकोे छ ।

वि.सं.२०७४ पुस ९ आइतवार १५:०० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...