back
NMB ad

पर्यटन प्रवद्र्धनको नयाँ विकल्प होमस्टे महोत्सव

Kumari bank ad

पर्यटकिय सम्भावना बोकेका ठाँउहरु नेपालमा धेरै रहेका छन् । विभिन्न प्रकारका सम्भावना बोकेका पर्यटकिय गन्तब्यहरु प्रचारको अभावमा गुमनाम रहेका छन् । पर्यटकिय सम्भावना बोकेको गुल्मीको मुसिकोट नगरपालिका– ६ कुर्घामा पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे महोत्सव’ शुरु भएको छ ।

कुर्घा स्वाँरामा गुरुङ समुदायले होमस्टे महोत्सवको आयोजना गरेको उद्योग वाणिज्य संघले जनाएको छ । होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

समुद्री सतहदेखि एक हजार ५२० मिटरको उचाइमा रहेको उक्त स्थानमा गुरुङहरुको मात्र बस्ती रहेको छ । हाल ३२ वटा घरधुरी रहेको सो बस्ती पुराना शैलीमा निर्माण गरिएको छ । गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत र सांस्कृतिक झलक, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति महोत्सवका मुख्य आकर्षण रहनेछ ।

महोत्सवमा स्थानीयस्तरमै उत्पादित खानाका विभिन्न परिकारहरु जस्तै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, कुरिलो, आलु, पिँडालु, गाउँमै उत्पादन गरेको कोदोको रक्सी, लोकल कुखुरा, खसी, फापर, मकै, भटमास, गहुँको ढिँडोलगायत स्थानिय उत्पादन उपलब्ध रहेको छ । महोत्सव यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

२०७४ पुष १० गते प्रकाशित

वि.सं.२०७४ पुस १० सोमवार १६:४३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...