back
NMB ad

बैङ्कको २ करोड ३५ लाख कित्ता हकप्रद आउदै, कसरी गर्ने लगानी ?

Kumari bank ad

काठमाडौ । प्रभु बैंकले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकको हकप्रद खरिद गर्नको लागि पुष २१ गते अगावै सेयरधनी बनिसक्नुपर्ने भएको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर ४ अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंक ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रदपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।

बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र बैंकको हकप्रद सेयरमा आवेदन गर्न पउनेछन् । जस अनुसार पुष २० गतेसम्म कायम रहेका सेयरधनीले बैंकको हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन् ।

प्रभु बैंकलाई नेपाल धितोपत्र बोर्डले पुस ६ गते ४० प्रतिशत हकप्रदको स्वीकृती प्रदान गरेसँगै सो परिमाणको सेयर थपिने भएको हो । बैंकको हकप्रद सेयरको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।

२०७४ पुष ११ गते प्रकाशित

वि.सं.२०७४ पुस ११ मंगलवार १३:४७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...