back
NMB ad

एकीकृत कारोबारको दुई महिना वित्दा समेत किन खुलेन सेयर कारोबार ?

Kumari bank ad

काठमाडौ । वेष्टर्न डेभलपमेन्ट बैंक र नमस्ते फाइनान्स बीच एकीकृत कारोबार सुरु भएको साढे दुई महिना बित्दा समेत सेयर कारोबार सुरु हुन सकेको छैन । सेयर कारोबार नखुल्दा दुबै कम्पनीका सेयरधनी आफ्नो सम्पत्ती खरिद विक्री गर्नबाट बञ्चित बन्न पुगेका छन् ।

धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार एकीकृत कारोबार सुरु गरेको १५ दिनभित्र सेयर कारोबार सुचारु गर्नुपर्ने हुन्छ । तर सबैजसो कम्पनीहरुले यसलाई निकै हल्का किसिमले मात्र लिने गरेको छन् जसले सेयरधनीको लगानी लामो समय बन्देज पर्ने गरेको छ । एकीकृत कारोबारको लामो समयसम्म सेयर खुला नगर्ने वेष्टन एउटा मात्र कम्पनी हैन अन्य थुप्रै कम्पनीले लामो समयसम्म सेयर कारोबार खुला गर्ने गरेका छैन ।

एक बराबर एक स्वाप रिसियोमा मर्जर सम्झौतापछि वेष्टर्न डेभलपमेन्ट बैंक र नमस्ते फाइनान्सको सेयर कारोबार २०७३ चैत २५ गतेदेखि रोक्का रहेको छ । यसबिचमा राष्ट्र बैंकले भदौ २८ गते एकीकृत कारोबार गर्न अनुमति प्रदान गरेपछि असोज २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए ।

प्राय सबैजसो कम्पनीका पदाधिकारीहरुले एकीकृत कारोबार सुरु गर्दा समयसिमा भित्रै कारोबार सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्ने गरेपनि त्यो प्रतिबद्धतामा नै सीमित हुने गरेको छ । एकाध कम्पनी बाहेक अहिलेसम्म कुनैपनि कम्पनीले तोकिएको समयमा सेयर कारोबार खुला गरेका छैनन् ।

मर्जपछि वेष्टर्नको चुक्ता पूँजी ४२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकेले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले गत आर्थिक बर्षको नाफाबाट ७ करोड रुपैयाँको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

२०७४ पुष ११ गते प्रकाशित

वि.सं.२०७४ पुस ११ मंगलवार १५:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...