back
NMB ad

निक्षेप र कर्जा दुवैमा ब्याजदर बढाउदै बैङ्क, सेयरबजारमा तिव्र गिरावट

Kumari bank ad

काठमाडौ । बैङ्कहरु भविष्य मुल्यांकन नगरी कर्जा प्रवाह गर्दा लगानीयोग्य रकमको बजारमा अभाव देखिएको छ । बचत संकलनमा गिरावट आउदा बैङ्हरुले निक्षेपको ब्याज बढाउन थालेका छन् । लगानी योग्य रकमको अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा चलेपछि यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ ।

यता नेपाल राष्ट्र बैंकले समेत कर्जा प्रवाहमा सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि सेयरबजारको गिरावट झन गहिरीएको छ । धमाधम निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका बैंकहरुले अर्कातर्फ कर्जाको ब्याजदर समेत बढाउन थालेको छन् ।

चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । ४ महिनामा बैंक तथा वित्तीय संस्थाले २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयरमा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले सेयर कर्जाको ब्याज दर बढाएर १५ प्रतिशतसम्म पुर्याएका छन् । बजार घटिरहेको बेलामा सेयर कर्जाको ब्याजदर समेत बढ्न थालेपछि यसको प्रत्यक्ष असर सेयर बजारमा परेको लगानीकर्ता तथा ब्रोकरहरुको भनाई छ ।

बैंकहरुले ठूला ठूला विज्ञापन गरेर १२ प्रतिशतसम्म ब्याजदरमा मुद्धती निक्षेप उठाउन थालेका छन् । अर्कातर्फ नयाँ सरकार कहिले गठन हुने भन्ने राजनीतिक अन्योलताले समेत बजारलाई अस्थिरतता तर्फ धकेलेको छ । यता राष्ट्र बैंकले भने बजारमा ३३ अर्ब रुपैयाँ बराबरको तरलता रहेको बताउँदै आएको छ ।

२०७४ पुष ११ गते प्रकाशित

वि.सं.२०७४ पुस ११ मंगलवार १६:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...