back
NMB ad

कर्णालीको ३३ करोड ९७ लाखको हकप्रद, कहाँबाट गर्ने खरिद ?

Kumari bank ad

काठमाडौ । कर्णाली विकास बैंकले ३३ करोड ९७ लाख रुपैया बराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुमती पाएको छ । बैङ्कले १ः२.२५ अनुपातमा अर्थात २२५ प्रतिशत हकप्रद सेयरको बिक्री माघ ११ गतेदेखि खुल्ला गर्ने भएकोे छ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा कर्णाली विकास बैंकका शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले माघ ११ गतेदेखि फागुन १६ गतेसम्ममा बैंकको हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् । बैंकले एक सय रुपैयाँ अंकित मूल्यका ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैंकको चुक्तापूँजी १५ करोड १० लाख छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ४९ करोड ७ लाख पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमास प्रतिवेदन अनुसार बैंक एक करोड ६९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

२०७४ पुष २३ गते प्रकाशित

वि.सं.२०७४ पुस २३ आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...