back
NMB ad

नेप्सेमा पाँच कम्पनीको नयाँ सेयरमूल्य, समायोजित मुल्य कस्को कती ?

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जले आईतबार विभिन्न पाँच कम्पनीको सेयरमूल्य एकैदिन समायोजन गरेको छ । प्रभु बैङ्क, लुम्बिनी विकास बैङ्क, सप्तकोशी र बञ्चन डेभलपमेण्ट बेङ तथा अपी पावरको सेयर मुल्य एकै दिन समायोजन भएको हो । दुई कम्पनीको हकप्रद तथा तीन कम्पनीको बोनसपछि आईतबार सेयरमूल्य समायोजन भएको नेप्सेले सूचनामार्फत जनाएको छ ।

प्रभु बैंक र लुम्बिनी विकास बैंकले जारी गर्न लागेका हकप्रदलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको छ । सप्तकोशी र कञ्चन डेभलपमेन्ट बैंक तथा अपि पावर कम्पनीको गत आर्थिक बर्षको नाफाबाट वितरण गरेका बोनसलाई समायोजन गरि मूल्य कायम गरिएको छ ।

आइतबार पाँचै कम्पनीको सेयर कारोबार समायोजन भएको मूल्यलाई आधार मानेर खुला हुनेछ । नयाँ मुल्य अनुसार प्रभु बैङ्कको समायोजित मुल्य २५५ रुपैया र औषत आधारमुल्य ३३५ रुपैया रहेको छ । लुम्बिनि विकास बैङ्कको औषत आधारमुल्य २३० रुपैया तथा समायोजित सेयरमुल्य १६७ रुपैया रहेको छ ।

त्यस्तै सप्तकोशीको औषत आधारमुल्य १६७ र समायोजित सेयरमुल्य १४० रुपैया रहेको छ भने कञ्चनको २१५ औषत आधारमुल्य र समायोजित सेयरमुल्य २१० रुपैया रहेको छ । अर्को कम्पनी अपि पावरको समायोजित सेयरमुल्य ४३५ र औषत आधारमुल्य ४११ रुपैया रहेको छ ।

२०७४ पुष २३ गते प्रकाशित

वि.सं.२०७४ पुस २३ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...