back
NMB ad

हात्ती महोत्सवमा रु तीनलाख नाफा

Kumari bank ad

चितवन । चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सवमा रु तीन लाख नाफा भएको छ ।

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५ नाफा भएको जनाएको छ ।

चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा सहकोषाध्यक्ष गंगा गिरीले हात्ती महोत्सवमा कूल रु ३८ लाख ७८ हजार ७०० आम्दानी भएको र रु ३५ लाख ७४ हजार ८५५ खर्च भएको जानकारी दिए ।

धेरै हात्तीका गतिविधि समेटेर आयोजना हुने चितवन हात्ती महोत्सव नेपालकै पहिलो र एक मात्रै महोत्सव हो । सो महोत्सवमा हात्ती दौड, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी, हात्ती शृंगार, हात्तीको पिकनिक लगायतका कार्यक्रम भएका थिए ।

२०७४ माघ ३ गते प्रकाशित

वि.सं.२०७४ माघ ३ बुधवार ०९:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...