back
NMB ad

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य उम्मेदवार तय

Kumari bank ad

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुनुहुन्छ । नेता शर्मा भने पूर्वमन्त्री तथा उहाँले पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार प्रदेश नं १ मा बिना पोखरेल (महिला) र प्रदेश नं २ मा शशिकला दाहाल (महिला) छनोट गरिएको छ । सो प्रदेशमा एक उम्मेदवार छनोट गर्न बाँकी छ ।

यस्तै प्रदेश नं ३ मा थापा (खुला) र गंगा पराजुली (महिला), प्रदेश नं ४ मा शर्मा (खुला), खिमकुमार विक (दलित), प्रदेश नं ५ मा राजकुमार कँुवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला), प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग र अल्पसंख्यक), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला) बाट उम्मेदवार बन्नुहुने भएको छ । त्यस्तै प्रदेश नं ७ मा लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए । सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनोट गर्न अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मा दिएको थियो । –रासस

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...