back
NMB ad

यस्तो छ पोखरेली गायक आजाद ढुंगानाको ‘केही खास’ (भिडियो)

Kumari bank ad

काठमाडौं । विगत ६ वर्षदेखि अमेरिका बस्दै आएका पप गायक आजाद ढुंगानाले आफ्नो पछिल्लो ४ महिने नेपाल बसाइमा नयाँ म्युजिक भिडियो ‘केही खास’ दर्शकसामु पस्केर फर्किएका छन् । ८ वर्षअघि साथी बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका आजादले झन्डै ४ वर्षपछि ‘केही खास’ बोलको गीत बजारमा ल्याएका हुन् ।

आफ्नो पहिलो सांगीतिक एल्बम ‘७१ ग्राम’ दर्शक स्रोतालाई पस्केर ६ वर्षअघि अमेरिका पुगेका आजादको ‘बिदा नै देऊ बरु’ बोलको गीत सर्वाधिक चर्चित भएको थियो । त्यस्तै आजादकै साथी बोलको गीत चर्चित गायक एड्रियन प्रधानले हुबहु निकालेपछि संगीत क्षेत्रमा खैलाबैला नै मच्चिएको थियो ।

चर्चित गायक एवं संगीतकार कालीप्रसाद बास्कोटाको शब्द र संगीतमा मात्र आवाज दिने भन्दै आजादको चर्चा भइराखेको समयमा योपटक भने उनले संगीतकार कल्याण सिंहलाई रोजेका छन् । संगीतकार सिंहले संगीत भरेको अजादको ‘केही खास‘’ गीतलाई लेखु सहयात्री र नवराज सुवेदीले लेखेका हुन् ।

सोमबारबाट विश्वव्यापी रिलिज गरिएको ‘केही खास‘’को म्युजिक भिडियोलाई नीतिन चन्दले निर्देशन गरेका हुन् । भिडियोमा आजादको मुख्य अभिनयलाई दिएकी मोडल सूर्या थापाले साथ दिएकी छन् । अमेरिका बस्ने भएकाले अचेल नेपालका सांगीतिक कार्यक्रममा खासै नदेखिने गायक आजादका गीतहरु स्रोता दर्शक माझ भने निकै लोकप्रिय छन् ।

४ वर्षअघि नेपाल आउँदा पनि चर्चित गायक एवं संगीतकार कालीप्रसाद बास्कोटाको शब्द संगीतमा ‘समर्पण‘’ बोलको गीत संगीत बजारमा पस्केर आजाद अमेरिका फर्किएका थिए । तर योपटक भने नेपाली नयाँ वर्ष नेपालमै मनाउने गरी २ महिनापछि फेरि नेपाल फर्किने गायक आजादले बताएका छन् ।

गीत निकाल्दै अमेरिका जाँदै गरेका उनका पहिलाका गीतलाई स्रोता दर्शकले रुचाए पनि योपटकको आजादको ‘केही खास ‘’लाई स्रोता दर्शकले कत्तिको खास मान्ने छन् त्यो भने हेर्न केही समय कुर्नैपर्छ ।

 

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार १६:३८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...