back
NMB ad

बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा, समाधानका गरिदिन आग्रह

Kumari bank ad

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सडक विभागअन्तर्गत निर्माण सम्पन्न भएका कामको बजेट चाँडो निकासा गर्ने वातावरण मिलाउन आग्रह गरेको छ ।

महासंघको एक टोलीले आज सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटेर काम गरेको बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेको छ ।

व्यवसायीले पाउनुपर्ने झण्डै रु ३० अर्ब रकम विभागबाट भुक्तानी नभएको भन्दै महासंघले भुक्तानीको व्यवस्थाका लागि पहल गने महानिर्देशक सिग्देललाई आग्रह गरेका हुन् ।

महासंघले नुवाकोट डिभिजन सडक कार्यालयबाट झण्डै रु ५४ करोड, काठमाडौँ महानगरपालिकाअन्तर्गत विस्तारित सडक निर्माणवापत झण्डै रु ७५ करोड लिन बाँकी रहेको जनाएको छ ।

भेटपछि विभागका महानिर्देशक सिग्देलले रकम दिलाउनका लागि आफूले सम्बन्धित पक्षसँग छलफल गरिरहेको र चाँडो दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका सिग्देलको भनाइ उद्धृत गर्दै भेटमा सहभागी महासंघका महासचिव रामशरण देउजाले जानकारी दिए ।

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार २२:५८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...